बुटवलमा स्कुल ड्रेसमै पौडिन गएका विद्यार्थीको डुबेर मृत्यु – Nepal Press

बुटवलमा स्कुल ड्रेसमै पौडिन गएका विद्यार्थीको डुबेर मृत्यु

रुपन्देही । बुटवलको नविन ओैद्योगिक विद्यालयमा कक्षा ११ मा पढ्ने एक विद्यार्थी स्कुल ड्रेसमै पौडिन गएको बेला डुबेर मृत्यु भएको छ । बुटवल छेउँमै रहेको देवदह नगरपालिका वडा नं १० चरंगेमा रहेको त्रिसुली खोलामा बिहीबार डुवेर ती विद्यार्थीको मृत्यु भएको हो ।

सँगै पढ्ने साथीहरू संग घुम्न गएका पाल्पाका १७ वर्षीय सिलव रायमाझीको डुवेर मृत्यु भएको प्रहरी जनाएको छ। उनी तिलोत्तमा नगरपालिका जानकीनगरमा बसेर बुटवलमा अध्ययन गर्दै आएका थिए । सिलवसहित ६ जना साथीहरू बिहीबार दिउसो मिलेर चरंगे घुम्न गएका र पौडी खेल्दा यस्तो भएको सँगै गएका साथीहरुले बताएका छन् ।

‘दिउँसो १ बजे साथीहरूसँग पौडी खेलेर फर्किने क्रममा शरिरमा हिलो लागेको देखेपछि सिलव हिलो पखाल्न भन्दै पुनः खोलामा गएको थियो तर उ डुब्यो, उसलाई तान्न म पनि गएँ सकिन, अरु साथीहरुले पनि प्रयास गरे तर बचाउन सकिएन’ अस्पतालमा संगै रहेका बिप्लव पुरीले बताए ।

‘हामीसँगै पौडी खेलेर खोला किनारमा बसेका थियौं, कपडा लगाइसकेपछि कपडामा लागेको हिलो पखाल्न भन्दै सिलव खोला किनारमा पुगेका थिए चिप्लिएर लडेछन्, निकाल्ने प्रयास गर्दा गर्दै सकिएन’ उनले भने। इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितले घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *