दूध किसानलाई सांसद विकासको कोषको रकमबाट भुक्तानी दिन माग (भिडिओ)
नेपाल प्रेस
२०८० फागुन ११ गते १२:१४
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपककुमार सिंहले दूध किसानको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद विकास कोषको रकम भएपनि किसानलाई भुक्तानी गर्न माग गरेका हुन् ।
उनले भने, यदि सरकारसँग पैसा छैन भने माननिय कोषको लागि पाँच पाँच करोड रुपैयाँ दरले छुट्याउने भनेर अर्बौ जम्मा भएको छ त्यो कोषबाट दूध किसानलाई भुक्तानी गरिपाउँ।
आफूहरुललाई कोषको पाँच करोड नचाहिएको भन्दै तुरुन्तै अर्थमन्त्री र प्रधानमन्त्रीले भुक्तानी दिनको लागि माग गरे। उनले मिटरब्याजी र सहकारी ठगलाई सरकारले नै संरक्षण गरेको आरोप लगाए।
प्रतिक्रिया
One thought on “दूध किसानलाई सांसद विकासको कोषको रकमबाट भुक्तानी दिन माग (भिडिओ)”
Leave a Reply
सम्बन्धित खवर
माननीयज्युले किसानको हितको लागि सुझाएको बिकल्प सराहनीय छ।