थापाथली प्रसूति गृहबाट नवजात शिशु चोरी !
नेपाल प्रेस
२०८० फागुन ११ गते १७:१२
काठमाडौं । काठमाडौको थापाथलीस्थित प्रसूति गृहबाट नवजात शिशु चोरी भएको भन्दै प्रहरीमा उजुरी परेको छ ।
काठमाडौं प्रहरी प्रवक्ता नवराज अधिकारीले शुक्रबार दिउँसो १२ बजे बच्चा चोरी भएको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए ।
प्रहरीका अनुसार २६ दिनको नवजात छोरी हेरिदिने भन्दै एक महिलाले लिएर भागेको उजुरीमा उल्लेख छ ।
आमा-बच्चाको फलो अप चेकका लागि शुक्रबार प्रसूति गृह ल्याइएको थियो ।
‘सीसीटीभी फुटेजमा एक महिलाले बच्चा लिएर गएको देखिन्छ । हामी खोजी गरिरहेका छौँ’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने ।
प्रतिक्रिया
सम्बन्धित खवर