प्रसुतिगृहबाट चाेरिएकाे शिशु मध्यरात काँडाघारीमा फेला, महिला पक्राउ
काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल परिसरबाट चोरी भएको शिशु काडाँघारीमा फेला परेको छ ।
प्रहरीले शुक्रबार राति साढे ११ बजे काडाँघारीबाट शिशुको उद्धार गरेको हो । प्रहरीले शिशु चोर्ने महिला पनि पक्राउ गरेको छ । शिशु चाेरेकाे आराेपमा प्रहरीले दैलेखकी मनिशा सिंहलाई पक्राउ गरेकाे उपत्यका अपराध महाशाखाका एसपी रविन्द्र रेग्मीले नेपालप्रेसलाई बताए र
उनी विवाहित महिला हुन् । उनलाई मध्यरातमा आफ्नै काेठाबाट पक्राउ गरेकाे एसपी रेग्मीले बताए । उनका अनुसार शिशुकाे आमा र बच्चा चाेरी गरेकी महिलाबीच कुनै चिनजान छैन ।
शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक महिलाको २६ दिने शिशु प्रसुतिगृहबाट चोरी भएको थियो। एकछिन बच्च बाेकिदिन्छु भन्दै चाेरी गरेर लगेकी थिइन् ।