चौथो विकेटका रूपमा कप्तान रोहित आउट, २५ ओभर सकिँदा नेपालको ८७ रन – Nepal Press

चौथो विकेटका रूपमा कप्तान रोहित आउट, २५ ओभर सकिँदा नेपालको ८७ रन

काठमाडौं। आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले २५ ओभरको समाप्तिमा ४ विकेट गुमाएर ८७ रन जोडेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपालले चौथो विकेटका रूपमा रोहित पौडेललाई व्यक्तिगत १६ रनमा गुमाएको हो ।

५४ रनमा ३ विकेट गुमाएको अवस्थामा रोहित र कुशल भुर्तेलबीच ३३ रनको साझेदारी भएको थियो । आर्यन दत्तले रोहितलाई आउट गरेका हुन् ।

नेदरल्यान्ड्सका आर्यन दत्त र भिभियान किङ्माले दुई दुई विकेट लिए । कुशल भुर्तेल ४१ रनमा खेल्दैछन् ।

पहिलो विकेटका रूपमा ४२ रनको साझेदारी गरेको नेपालले ५० रनको स्थितिमा दोस्रो विकेट गुमाएको थियो । चार रन लगत्तै तेस्रो विकेट पनि खेर गएको थियो । नेपालका आसिफ शेख १७, अनिल शाह ७ र कुशल मल्ल २ रनमा आउट भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर