१० ओभरपछि नेपालको पहिलो बाउण्ड्री
नेपाल प्रेस
२०८० फागुन १३ गते ११:५२
काठमाडौं। आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपाल लगातार विकेट गुमाएर दबाबमा देखिएको छ।
नेपालले १० ओभरको अन्तरमा पहिलो बाउण्ड्री प्रहार गरेको छ। ३३ औँ ओभरको दोस्रो बलमा कुशल भुर्तेलले माइकल लेभितलाई चौका प्रहार गरे।
नेपालले त्यसअघि अन्तिम पटक २३ औँ ओभरको दोस्रो बलमा बाउन्ड्री प्रहार गरेको थियो।
नेपालले ३३ ओभरको समाप्तिमा ६ विकेट गुमाएर १०८ रन जोडेको छ।
प्रतिक्रिया
सम्बन्धित खवर