पशुपति विकास कोषको जग्गा खोज्न पूर्व सचिव रेग्मीको नेतृत्वमा समिति गठन
काठमाडौं । पशुपति क्षेत्र विकास कोषको जग्गा खोजीका लागि पूर्व सचिव डा.दामोदर रेग्मीको नेतृत्वमा समिति बनेको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले मन्त्री स्तररिय निर्णय गर्दै पशुपति क्षेत्र विकास कोषको नाममा देशभर रहेको जग्गा खोजीका लागि समिति बनाएको हो ।
मन्त्रालयले आइतावार पाँच सदस्यीय समितिको सदस्यमा पूर्व सहसचिव देवराज ढकाल, पशुपति क्षेत्र विकास कोषका कानुनी सल्लहकार हरिनाथ ढकाल, मन्त्रालयको उप–सचिव शिवराज रेग्मी र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजु केसी रहेका छन् ।
गुठी र क्षेत्र विकास कोषका नाममा लिच्छवी कालबाटै विभिन्न दाताले दान गरेको जग्गा पछिल्ला समय व्यत्तिले हडप्ने क्रम बढेसंगै खोजीका लागि समिति बनाइएको हो ।
काठमाण्डौ उपत्यकामा रहेको जग्गा व्यवस्थापनका लागि क्षेत्रविकास कोषले काम अगाडी बढाई सकेको छ । अवैधरुपमा बनेको संरचना भत्काउन थालिनै सकिएको छ । पशुपतिनाथको नाममा देशभर नै जग्गा रहेका छन् । यसलाई व्यवस्थित गर्न उच्च स्तरीय समिति गठन गरिएको मन्त्री सुदन किरातीले बताएका छन् ।