बिग सीजी डे सुरु, ८०० भन्दा बढी सामानमा ३६ प्रतिशतसम्मको छुट – Nepal Press

बिग सीजी डे सुरु, ८०० भन्दा बढी सामानमा ३६ प्रतिशतसम्मको छुट

काठमाडौं । चौधरी ग्रुपअन्तर्गत सीजी डिजिटलले तेस्रो संस्करणको सबैभन्दा ठूलो सेल ‘बिग सीजी डे’ सुरु गरेको छ ।

विगतका वर्षहरूभन्दा ठूलो, ग्राहकहरूलाई थप आकर्षक र रोमाञ्चक सपिङ अनुभव प्रदान गर्ने उद्देश्यका साथ फेब्रुअरी २४ मध्यरातदेखि ‘बिग सीजी डे’ सुरु हुने भएकाे हो ।

‘बिग सीजी डे’को मुख्य हाइलाइटहरु ८०० भन्दा बढी सामानमा ३६ प्रतिशतसम्मको छुट, थप १० प्रतिशतसम्मको मेगा भौचर, २४ हजारसम्म क्यास ब्याक, डेल्ली गिभ-अवेको रूपमा १० दिनसम्म हरेक दिन एक जना लक्की विजेताले आफूले किनेको सामान बराबरको अर्को सामान नि:शुल्क किन्न पाउने, ४१४१ सम्म सीजी प्वाइन्ट रहेको कम्पनीले जानकारी जनाएको छ ।

बैंक छुटको सन्दर्भमा ‘बिग सीजी डे’मा किनमेल गर्ने ग्राहकहरूले डेबिट कार्डमार्फत २० प्रतिशत अधिकतम २ हजार रुपैयाँ र क्रेडिट कार्डमार्फत २५ प्रतिशत अधिकतम २५ सय रुपैयाँ बचत गर्न सक्ने जनाएको छ । नबिल बैंकका ग्राहकहरूले माथि उल्लेखित कार्ड छुटहरू प्राप्त गर्न सक्ने बताइएको छ ।

यी प्रि-पेमेन्ट छुटहरू सीमित अवधिको लागि मात्र हुने कम्पनीले जनाएको छ ।

‘बिग सीजी डे’मा सीजी ग्रुपअन्तर्गत सीजी इलेक्ट्रोनिक्स, सीजी फुड्स, सीजी नेट, सीजी हिल्स्, सीजी एजुकेसन, सीजी हस्पिटालिटी, सीजी सिमेन्ट, सीजी पे र युनाइटेड इन्स्योरेन्सका विभिन्न उत्पादन तथा सेवा सुविधामा विभिन्न अफर राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *