विवादबीच अनेरास्ववियु र क्रान्तिकारीकाे अस्कल क्याम्पसमा एकै दिन कार्यक्रम : स्थगित गराउन प्रशासनको निर्देशन – Nepal Press

विवादबीच अनेरास्ववियु र क्रान्तिकारीकाे अस्कल क्याम्पसमा एकै दिन कार्यक्रम : स्थगित गराउन प्रशासनको निर्देशन

काठमाडौं । सत्तारुढ माओवादी केन्द्र सम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी र एमाले निकट अनेरास्ववियुले विवादका बीच अमृत साइन्स कलेजमा करिब एकै समयमा कार्यक्रम राखेपछि जिल्ला प्रशासन कार्यालयले मुठभेड हुन सक्ने भन्दै कार्यक्रम स्थगित गर्न निर्देशन दिएको छ ।

काठमाडौं जिल्ला प्रहरी परिसरलाई पत्र लेख्दै जिल्ला प्रशासन कार्यालयले यस अघिदेखि नै विद्यार्थी संगठनहरुबीच विवाद भइरहेको अवस्थामा एकै स्थानमा ती दुई संगठनहरुले आयोजना गरेको कार्यक्रममा हुनसक्ने सम्भावित मुठभेड एवम झडपलाई मध्यनजर गर्दै दुवै संगठनलाई कार्यक्रम स्थगित गर्न आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिइएको छ ।

अनेरास्ववियुले बिहान १० बजे स्वयंमसेवक भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ भने क्रान्तिकारीले ११ बजे बलिदान दिवसको कार्यक्रम गर्ने सूचना जारी गरेको छ । प्रशासनले उनीहरु दुवैलाई कार्यक्रम नगराउने प्रबन्ध मिलाउन प्रहरीलाई निर्देशन गरेको हो ।

आफ्नो नेता कमल जोशीमाथि सत्तासीन संगठनका विद्यार्थी कार्यकर्ताले कुटपिट गरेको भन्दै अनेरास्ववियुले प्रदर्शन गर्दै आइरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर