स्वास्थ्यमन्त्री बस्नेतको जिकिर- उजुरी दर्ता गर्दैमा दोषी हुँदैन
नेपाल प्रेस
२०८० फागुन १४ गते १३:४९
काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले टेरामक्स प्रणालीमा कुनै अनियमितता नभएको जिकिर गरेका छन् ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बस्नेतले निजी दूरसञ्चार सेवा प्रदायकलाई पोस्नका लागि अहिले टेरामक्स प्रणालीको कुरा निकालिएको टिप्पणी गरे ।
प्रतिपक्षीले राजीनामा मागिरहेका बेला उनले भने, ‘उजुरी दर्ता गर्दैमा दोषी नहुने र कसैलाई आरोपी भन्न मिल्दैन । दोषी देखिए पदमा बस्दिन ।’
एनसेल प्रकरणमा भएको घोटालालाई नियोजित रूपमा जोगाउन खोजिएको शंकासमेत उनले गरे ।
आफूले राष्ट्रका लागि काम गरेको र कुनै गल्ती नगरेको उनको भनाइ छ ।
प्रतिक्रिया
One thought on “स्वास्थ्यमन्त्री बस्नेतको जिकिर- उजुरी दर्ता गर्दैमा दोषी हुँदैन”
Leave a Reply
सम्बन्धित खवर
भएका नियुक्ति भत्काएर नयँ नियुक्ति गरेर पैसा खाने बाहेक केही काम गरेको छैन ।