क्यानको सम्झौतामा पहिलो पटक ३० खेलाडी, ग्रेड डीसँगै क्यानले थप्यो इमर्जिङ क्याटागोरी
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडी सम्झौतामा थप गरेको छ । क्यानले पुरुषतर्फ १८ बाट बढाएर ३० खेलाडीलाई सम्झौतामा समावेश गरेको छ ।
क्यानको शनिवार र सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले वर्गीकरण हेरफेर गर्दै सम्झौता २०२४ का लागि थप गरेको हो ।
महिलातर्फ पनि १२ जना रहेकोमा त्यसलाई बढाएर १९ पुर्याएको छ । क्यानले ग्रेड डी र इमर्जिङ क्याटागोरीसमेत थप गरेको छ ।
पुरुषतर्फ ग्रेड एलाई १ लाख, ग्रेड बीलाई ७० हजार, ग्रेडलाई ५५ हजार, ग्रेड डीलाई ३५ हजार र ईमर्जिङ क्याटागोरीलाई २५ हजार मासिक तलब उपलब्ध गराउने निर्णय गरेको क्यानले महिलातर्फ ग्रेड ए लाई ५० हजार, ग्रेड बीलाई ३५ हजार, ग्रेड सीलाई ३० हजार, ग्रेड डीलाई २५ हजार र ईमर्जिङ क्याटागोरिलाई २० हजार मासिक तलब पुर्याएको छ ।
पुरुषतर्फ
ग्रेड ए- रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल भुर्तेल
ग्रेड बी- कुशल मल्ल, गुलशन झा, भीम सार्की, ललितनारायण राजवंशी, आरिफ शेख, अभिनास वोहरा
ग्रेड सी- बिनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा, प्रतिस जिसी
ग्रेड डी- पवन सर्राफ, सागर ढकाल, अनिल शाह, विवेक यादव, आकाश चन्द, बसिर अहमद, सूर्य तामाङ
ईमर्जिङ क्याटागोरी- (दीपेश कंडेल (कोशी), रुपेस सिंह (मधेश), रिजन ढकाल (बागमती), विपिन खत्री (गण्डकी), देव खनाल (लुम्बिनी), अर्जुन घर्ती (कर्णली) र हेमन्त धामी (सुदूर पश्चिम) ।
महिलातर्फ
ग्रेड ए- इन्दु बर्मा, रुबिना क्षेत्री, सीता राना मगर
ग्रेड बी- कविता कुँवर
ग्रेड सी- पूजा महतो, अश्मिना कर्माचार्य
ग्रेड डी- अप्सरी बेगम, कविता जोशी, सङ्गीता राई, काजोल श्रेष्ठ र बिन्दु रावल
इमर्जिङ क्याटागोरी- सोनी पाख्रिन, खुसि डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, रुबि पोदार, सृस्टि जैसी, सम्झना कुमारी खड्का, सना प्रविन ।