तलब नपाएपछि विष्णुपुर गाउँपालिकाका शिक्षकहरु आन्दोलित, अनिश्चितकालीन विद्यालय बन्दको घोषणा – Nepal Press

तलब नपाएपछि विष्णुपुर गाउँपालिकाका शिक्षकहरु आन्दोलित, अनिश्चितकालीन विद्यालय बन्दको घोषणा

जनकपुरधाम । सप्तरीको विष्णुपुर गाउँपालिकाका शिक्षकहरु आन्दोलित बनेका छन् । लामो समयदेखि तलबभत्ता नपाएको भन्दै उनीहरुले आजैदेखि अनिश्चितकालीन गाउँपालिकाभरका विद्यालय बन्दको घोषणा गरेका हुन् ।

तलब निकासाका लागि पटक पटक ध्यानाकर्षण गराउँदा पनि चासो नदेखाएपछि आज गाउँपालिकाभरका शिक्षकहरु भेला भएका थिए । भेलाले शिक्षक कुशेश्वर मण्डलको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गर्दै आन्दोलन गर्ने निष्कर्ष निकालेको छ ।

भेलाले आजकै मितिदेखि विद्यालयहरु अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ । समितिका संयोजक शिक्षक मण्डलले विगत एक वर्षदेखि तलब नपाएको बताए ।

उनले भने, ‘घरपरिवार चलाउन पनि मुस्किल भयो । बाध्य भएर आन्दोलनमा जानुपरेको छ ।’

उनका अनुसार तलब माग्दै शिक्षकहरु भोलिदेखि गाउँपालिकामा धर्नासमेत बस्ने भएका छन् । ‘तलब भत्ता निकासा नभएसम्म धर्ना र आन्दोलन जारी राख्छौं’, शिक्षक मण्डलले भने ।

पालिका अध्यक्ष उमेशप्रसाद यादवलाई गत साउन ३१ मा घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको थियो । घुससहित पक्राउ परेका उनी निलम्बित भएपछि उपाध्यक्ष रेणुकुमारी यादव कार्यवाहक अध्यक्ष छिन् ।

अध्यक्ष यादव निलम्बित भएपछि गाउँसभा समेत भएको छैन । गाउँसभा नभएकाले शिक्षकहरुका लागि बजेट निकासा हुन नसकेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर