सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको म्याद थप – Nepal Press

सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको म्याद थप

काठमाडौं । सरकारले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको म्याद फागुन मसान्तसम्म थप गरेको छ ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले आयोगको म्याद फागुन १६ गतेदेखि लागू हुने गरी फागुन मसान्तसम्म थप गर्ने निर्णय भएको हो ।

बैठकले बालकुमारी घटनाका सम्बन्धमा छानबिन गर्न गठित आयोगको सुझाव कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिवेदन अध्ययन गरी फागुन २० भित्र सिफारिस गर्ने गरी ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ रहेको समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनका अनुसार बैठकले सार्वजनिक खरिद (तेह्रौं संशोधन) नियमावली २०८० स्वीकृत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर