कुशलपछि अर्का ओपनर आसिफ पनि आउट, विशाल लक्ष्य पछ्याएको नेपाल दबाबमा
नेपाल प्रेस
२०८० फागुन १५ गते १३:३६
काठमाडौं। त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नामिबियाविरुद्ध २ सय ७ रनको लक्ष्य पछ्याइरहेको नेपालले दुवै ओपनरलाई गुमाएको छ।
कुशल भुर्तेल पहिलो बलमै आउट भए भने आसिफ शेखले ६ रन मात्र जोडे।
नेपालले ३ ओभरमा २ विकेट गुमाएर २४ रन जोडेको छ। नेपालका दुवै ओपनरलाई रुबेन ट्रम्पलम्यानले आउट गरे।
प्रतिक्रिया
सम्बन्धित खवर