सेन्चुरी बैंकका तत्कालीन सीईओसहित १० बैंकर्समाथि अनुसन्धान गर्न सात दिनको म्याद थप
नेपाल प्रेस
२०८० फागुन १५ गते २०:१२
काठमाडौं । सेन्चुरी बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपानेसहित १० बैंकर्समाथि अनुसन्धान गर्न सात दिनको म्याद थप भएको छ ।
हिरासतमा राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले म्याद थप गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको हो ।
बैंकिङ कसुरमा संलग्न भएको आरोपमा १० बैंकर्स काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट मंगलबार पक्राउ परेका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर