रुपन्देहीमा छैटौ खुला राष्ट्रिय लनटेनिस प्रतियोगिता सुरु
रुपन्देही । रुपंदेही लनटेनिस संघको आयोजना मंगलबारबाट रुपन्देहीमा छैटौ राष्ट्रिय खुला लनटेनिस प्रतियोगिता २०८० सुरु भएको छ । बुटवल उपमहानगरपालिकाको सहयोगमा रुपन्देही लनटेनिस संघको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले टुर्नामेन्ट सुपरभाइजर कृष्णराज घलेलाई बल हस्तान्तरण गरेर उद्घाटन गरे । पाण्डेले स्थानीय सरकारले खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण लगानी गरेको बताए । ‘वार्षिक साढे ३ करोड रुपैयाँ बजेट खेल क्षेत्रमा बिनियोजन गरेका छांै, सबै खेललाई बचाउने, जोगाउने र अघि बढाउने काम गर्दै आएका छौं’, उनले भने ।
उनले बुटवललाई खेलकुदको हब बनाउन लनटेनिस खेलको महत्वपूर्ण योगदान रहेको बताए । कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले बुटवल खेलकुदको हबका रुपमा विकास भैरहेको बताउदई अन्तराष्ट्रियस्तरको कोर्ट निर्माणमा प्रदेश सरकारबाट सहयोग गर्ने प्रतिवद्घता जनाए ।
कार्यक्रममा संघका अध्यक्ष गोपाल ज्ञवालीले बुटवलको प्रतियोगिता ऐतिहासिक रुपमा परिचय बनाएको बताए । हाल रहेको ४ वटा कोर्टलाई बिस्तार गरी ६ वटा बनाई अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता गर्न सकिने सम्भावना रहेको उनले बताए ।