सिजी मोटर्सले भन्योः अर्को महिनादेखि हिरोका पार्टपुर्जाहरु सहज रुपमा उपलब्ध हुने छ
काठमाडौं । हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिजी मोटर्सले आफ्टर सेल्स सर्भिस चुस्त बनाउन लागेको छ ।
विगत केही समयदेखि हिरोको आधिकारिक विक्रेताको बोरमा अन्योल कायम रहदा हिरोका उपभोक्ताहरूले अफ्टर सेल्स सर्भिसमा समस्या ब्यहोर्नु परेको थियो । अब सीजी मोटर्स हिरोको आधिकारिक विक्रेता तोकिएपछि यो अन्योलबाट उपभोक्ताले मुक्ति पाउने अवस्था बनेको छ ।
सिजी मोटर्सले आफ्ना उपभोक्तालाई विश्वस्तरीय सेवा दिने प्रण गरेको छ । ‘हामीले उपभोक्तालाई खाली मोटरसाइकल र स्कुटर बिक्रीमात्र गर्दैनौं । ग्राहक पूर्ण सन्तुष्टी हुने गरी आफ्टर सेल्स सर्भिस पनि दिने छौं,’ सिजी मोटर्सले भनेको छ, ‘हामीले हिरोको सेल्स, सर्भिस र स्पेयर्स पार्टस् ९थ्रि एस० सेवालाई सर्वोत्कृष्ट बनाउनेछौँ । अबदेखि पार्टपुर्जा नपाएर उपभोक्ताले हैरानी पाउने अवस्था रहनेछैन ।’
हिरोको आधिकारिक विक्रेताको जिम्मेवारी पाए लगत्तै उपभोक्ताका समस्या सम्बोधन गर्न काम सुरु गरिसकेको सिजी मोटर्सले जनाएको छ ।
अर्को महिना मार्चदेखि हिरोका सर्भिस सेन्टरहरुमा पार्टपुर्जाहरु सहज रुपमा उपलब्ध हुने सिजी मोटर्सले जनाएको छ । यसका लागि आफ्नै वेयरहाउस समेत तयार भइरहेको छ । पार्टपुर्जा आयात गर्नका लागि प्रतितपत्र (एलसी) खोलिसकेको छ ।
‘पछिल्लो केही समयदेखि पार्टपुर्जा आयात नभएकोले बजारमा अभाव देखिन सक्छ, तर यस्तो अभाव धेरै समय रहने छैन’ सीजी मोटर्सका सेल्स एण्ड अपरेशन हेर्ने जिएम प्रकाश देवकोटाले भने, ‘सुपथ मूल्यमा पार्टपुर्जाको सहज उपलब्धता र आफ्टर सेल्स सर्भिस बलियो नभएसम्म मार्केट लिडर बन्न सकिदैन भन्ने हामीलाई राम्रोसँग थाहा छ, ग्राहकलाई सन्तुष्ट बनाउनु हाम्रो जिम्मेवारी हो ।’
नेपालमा आफ्नो उपस्थितीाई बलियो बनाउने रणनीति अनुसार मोटरसाइकल र स्कुटरको विश्वकै सबैभन्दा ठूलो उत्पादक हिरो मोटोकर्पले नेपालको सबैभन्दा ठूलो व्यापारिक घराना चौधरी ग्रुपमातहतको सिजी मोटर्ससँग सहकार्य गरेको थियो । यही सहकार्यअन्तर्गत हिरो मोटोकर्प र सिजी मोटर्सले नेपाली बजारमा हिरोका उत्पादनहरु एसेम्बल गर्न नवलपुर जिल्लामा ‘स्टेट अफ दि आर्ट ग्रीनफिल्ड फेसिलिटी’ भएको प्लान्ट स्थापना गर्न लागेको कम्पनीले जनाएको छ ।