मिटरब्याज पीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन (भिडिओ)
काठमाडौं । न्याय मार्च गर्दै काठमाडौ आएका मिटरव्याज पीडित र सरकारबीच भएको वार्ता निष्कर्षविहीन भएको छ ।
सिंहदरबारस्थित गृहमन्त्रालयमा बुधबार भएको वार्ताका क्रममा मिटरब्याज पीडितले राखेका मागका बारेमा छलफल भएपनि कुनै सहमतिमा पुग्न नसकेको मिटरब्याज तथा ठगी विरोधी किसान संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुशवाहले जानकारी दिए ।
उनले आफूहरुको मागलाई राज्यले गम्भीर रुपमा लिएपनि सकारात्मक भने नदेखिएको बताए । सरकारसँगको वार्ता र आन्दोलन निरन्तर हुने उनको भनाइ छ ।
सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिव किसानहरुलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने, जुनसुकै तहमा हस्तान्तरण भएको सम्पनती फिर्ता हुनुपर्ने, अधिकारसम्पन्न न्यायीक आयोग गठन हुनुपर्ने लगाएतका ६ बुँदे मागसहित उनीहरु काठमाडौं केन्द्रीत आन्दोलनमा छन् ।