दुग्ध किसानका समस्या समाधानका लागि अर्थमन्त्रीलाई ज्ञापनपत्र – Nepal Press

दुग्ध किसानका समस्या समाधानका लागि अर्थमन्त्रीलाई ज्ञापनपत्र

रूपन्देही । आन्दोलनरत पश्चिम् नवलपरासीका दुग्ध उत्पादक कृषकहरुको समस्या र मागका बिषयमा बर्दघाट नगरपालिकाले अर्थमन्त्री डा.प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाएको छ ।

पछिल्लो समय दुधको बजारीकरण र नियमित भुक्तानीमा समस्या देखिएपछि किसानहरु आन्दोलित भएका छन्। परिश्रमको बजारीकरण मात्रै नभएर नियमित भुक्तानीमा समेत कठिनाई हुन थालेपछि किसानहरुले बिरोध स्वरुप विभिन्न माग राख्दै सडकमै दूध पोखेर बिरोध जनाएका छन् ।

पश्चिम् नवलपरासी आएका अर्थमन्त्री डा.महतलाई बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले दुग्ध उत्पादक कृषकका माग र समस्यामा बिषयमा ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्र बुझ्दै अर्थमन्त्री महतले सरकार मातहत रहेका सस्थानहरुलाई ॠण लगानी गरेर किसानको भुक्तानीका लागि प्रक्रिया अघि बढाईने बताए । निजी डेरी तथा खरिदकर्ताहरुबाट समेत बजारीकरण र भुक्तानीको वातावरण तयार गर्नका लागि सराकार लागि परेको उनको दावी थियो ।

बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले दुधमा नगरपालिकाले किसानलाई प्रतिलिटर अनुदान दिएपनि सबै दूध नगरमै खपत हुने अवस्था नहुँदा प्रदेश र संघमा समस्या समाधानका लागि पहल गरिएको उल्लेख गरे ।’हामी दुग्ध उत्पादन किसानको समस्यामा गम्भीर छौ,प्रदेशलाई पनि पत्राचार गरेका छौ,अर्थमन्त्रीलाई भेटेरै सबै कुरा भनेका छौ’नगरप्रमुख श्रेष्ठले भने ।

दुग्ध डेरी तथा सहकारीहरुले दूध नबिकेको भन्दै कृम काटेर दूध फर्काउने अवस्था रहेको छ ।पटक पटक बजारीकरण र भुक्तानीको समस्या भोगिरहेका यहाँका दुग्ध उत्पादक किसान बिस्थापित हुने अवस्थामा छन् भने अर्का तिर दुधमा बिचौलियाका कारण किसान थप मर्कामा पर्ने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर