संसद भवन परिसरबाट नियन्त्रणमा लिइएका ४९ जना लघुवित्त ऋणीलाई हाजिरी जमानीमा छाडियो
नेपाल प्रेस
२०८० फागुन १७ गते ११:३४
काठमाडौं । संसद भवन परिसर छिरेका लघुवित्त ऋणीहरूलाई प्रहरीले छाडेको छ । काठमाडौं प्रहरी परिसरले मंगलबार पक्राउ परेका सबै ४९ जनालाई हाजिरी जमानीमा छाडेको हो ।
काठमाडौं प्रहरी प्रवक्ता नवराज अधिकारीले म्याद थपेर उनीहरुलाई हाजिरी जमानीमा छाडिएको बताए । तीन दिनअघि संसद बैठक चलिरहेका बेला लघुवित्तले आफूहरूलाई पीडित बनाएको दाबी गर्ने समूह प्रहरीलाई ठेल्दै भवनभित्रै प्रवेश गर्न खोजेको थियो ।
सुरक्षामा लापरवाही गरेको भन्दै संसद भवन सुरक्षार्थ खटाइएको प्रहरी युनिट परिवर्तन गरिएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर