राष्ट्रिय खुल्ला लनटेनिस प्रतियोगितमा शुक्रबार फाइनल खेल हुने – Nepal Press

राष्ट्रिय खुल्ला लनटेनिस प्रतियोगितमा शुक्रबार फाइनल खेल हुने

डिफेन्डिङ च्याम्पियन प्रदीप अन्तिम चारमा

रुपन्देही । बुटवलमा जारी छैठौं राष्ट्रिय खुला लनटेनिस प्रतियोगिता २०८० को मेन्स सिङ्गलको सेमीफाइनल समीकरण पूरा भएको छ भने मेन्स डबल्सको उपाधिका लागि सक्षम भूषण शाह र आर्यन गिरीको जोडी र आशिष खड्का र आयुषमान गुरुङको जोडी भिड्ने भएका छन् ।

लनटेनिस संघको आयोजनामा देविनगरस्थित लनटेनिस कोर्टमा बिहीबार भएको मेन्स सिंगल अन्तरगत अन्तिम चारमा लनटेनिसमा वरियता प्राप्त प्रतियोगिताका डिफेन्डिङ च्याम्पियन प्रदीप खड्कासहित प्रनव मानन्धर, निशान र रितिक अन्तिम चारमा प्रवेश गरेका छन् । खेलमा प्रदीप खड्काले आर्यन गिरीलाई ६–३, ६–४ को सोझो सेटमा पराजित गरेका हुन् ।

यसैगरी प्रनव मानन्धरले प्रनव खनाललाई ६–१, ३–६, ६–३, निशान श्रेष्ठले आशिष खड्कालाई ६–१, ६–४ तथा रितिक रानाले सक्षम भूषण शाहलाई ६–३, ६–३ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेका छन् ।

बिहीबार मेन्स डबल्सतर्फको पहिलो सेमीफाइनलमा सक्षम भूषण शाह र आर्यन गिरीको जोडीले नेहालजंग थापा र प्रदीप खड्काको जोडीलाई ६–४, ६–३ तथा दोस्रो सेमीफाइनलमा आशिष खड्का र आयुषमान गुरुङको जोडीले रितिक राना र निशान्त श्रेष्ठको जोडीलाई ६–२, ६–४ सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् ।

यसैगरी ३५ प्लस मेन्स सिगलमा अनिल शाहीले नबिन श्रेष्ठलाई ६–१, ६–२, सन्तोष खत्रीले सोम रानालाई ६–१, ६–१, कमल भण्डारीले राजन पौडेललाई ६–३, ६–०, सिमान्त गुरुङले सन्जय श्रेष्ठलाई ६–१, ६–३ को सेटमा जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेका छन् । यता ३५ डबल्सको उपाधिका लागि सन्तोष खड्का र सन्जय श्रेष्ठको जोडीले सिमान्त गुरुङ र अनिल शाहीको जोडीसँग शुक्रबार उपाधि भिडन्त गर्नेछ ।

बिहीबार भएको पहिलो सेमीफाइनल खेलमा सिमान्त गुरुङ र अनिल शाहीको जोडीले विकास गुरुङ र पदम गुरुङको जोडीलाई ६–१, ६–१ तथा दोस्रो सेमीफाइनलमा सन्तोष खड्का र सन्जय श्रेष्ठको जोडीले राजन पौडेल र नबिन श्रेष्ठको जोडीलाई ७–६, ६–४, १०–३ को सेटमा जित निकाल्दै फाइनलमा प्रवेश गरेका हुन् ।

यसैगरी ४५ प्लस मेन्स सिंगलको उपाधिका लागि कलम भण्डारी र गोपी भट्टराईको बीचमा खेल हुने भएको छ । विहीबार भएको पहिलो सेमीफाइनलमा कमल भण्डारीले रोहित सुनुवारलाई ६–१, ६–० तथा गोपी भट्टराईले महादेव भण्डारीलाई ५–७, ६–३, १०–५ को सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । उता ४५ डबल्समा गोपी भट्टराई र धर्मा लामिछानेले वाकओभर पाएर फाइनलमा प्रवेश गरेका छन् ।

यसैगरी दोस्रो सेमीफाइनलमा रोहित सुनुवार र जोली टार्जनको जोडीले हिमाल श्रेष्ठ र सुर्दशन भण्डारीको जोडीलाई ६–३, ६–३ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् ।

यसैगरी ५५ मेन्स सिंगलको उपाधिका लागि चन्द्र शाही र राजु श्रेष्ठ भिड्ने भएका छन् । बिहीबार भएको पहिलो सेमीफाइनलमा चन्द्र शाहीले बिमल गुरुङलाई ६–२, ७–५ र दोस्रो सेमीफाइनलमा राजु श्रेष्ठले बिष्णु हमाललाई ६–०, ६–१ को सेटमा जित निकाल्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।

यसैगरी ५५ डबल्सको उपाधिका लागि विमल गुरुङ र हिमाल श्रेष्ठको जोडीले लोक गुरुङ र धर्म लामिछानेको जोडीबीच फाइनल खेल हुने भएको छ ।

बिहीबार भएको पहिलो सेमीफाइनलमा बिमल गुरुङ र हिमाल श्रेष्ठको जोडीले सुदर्शन भण्डारी र शिव सेढाईको जोडीलाई ७–६, ६–३, १०–७ तथा दोस्रो खेलमा लोक गुरुङ र धर्म लामिछानेको जोडीले चन्द्र शाही र जोली टार्जनको जोडीलाई ६–१, ६–१ को सेटमा पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका हुन् ।

यसैगरी ६५ प्लस सिंगलको उपाधिका लागि मनोज राणा र ध्रुव गुरुङबीच खेल हुने भएको छ । प्रतियोगिताका फाइनल खेल शुक्रबार हुने टुर्नामेन्ट सुपरभाइजर कृष्णराज घलेले बताए ।

प्रतियोगिताको पुरुष/महिला सिंगलतर्फ उपाधि विजेताले नगद ६० हजार रुपैयाँ, तथा उपविजेताले नगद ३० हजार तथा तृतीय दुई जना खेलाडीलाई जनही २० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने संघका अध्यक्ष गोपाल ज्ञवालीले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर