त्रिदेशीय टी-२० क्रिकेट: दुई खेल हारेको नेपालको फाइनल खेल्ने सम्भावना कति ? – Nepal Press

त्रिदेशीय टी-२० क्रिकेट: दुई खेल हारेको नेपालको फाइनल खेल्ने सम्भावना कति ?

काठमाडौं । घरेलु मैदानमा जारी त्रिदेशीय टी-२० क्रिकेट सिरिजमा नेपाल अंक तालिकाको पुछारमा छ ।

सुरुवाती दुई खेलमा पराजित हुँदै नेपाल अंकविहीन रहँदै पुछारमा पुगेको हो । तालिकामा नेदरल्यान्ड्स ४ अंकसहित शीर्ष र नामिबिया २ अंकसहित दोस्रो स्थानमा छन् । अंक तालिकाको शीर्ष दुईमा पर्ने टोलीले सिरिजको फाइनल खेल्नेछन् ।

फाइनल खेल फागुन २२ गते हुनेछ । सुरुवाती दुई खेल हारे पनि नेपालको फाइलन खेल्ने सम्भावना कायमै छ ।

सिरिजमा नेपालले अब दुई खेल खेल्न बाँकी छ । नेपालले शुक्रबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

फाइनलमा पुग्न नेपालले दुवै खेलमा जीत निकाल्नुपर्नेछ । त्यसमाथि रनरेट बढाउनसके नेपालको फाइनल यात्रा सहज हुनेछ । दुवै खेलमा नेपाललाई जित निकाल्न भने सहज हुनेछैन ।

नामिबियाले एक खेल जितेको खण्डमा भने नेपाल फाइनल पुग्ने नपुग्ने रनरेटमा भर पर्नेछ । नेपालको रनरेट माइनस ०.५५० र नामिबियाको रनरेट माइनस ०.९७५ छ । नेपाल र नामिबियाको अंक बराबरी भएमा भने रनरेटका आधारमा नेपाललाई अघि हुँदै फाइनल पुग्न बाटो खुला हुनेछ ।

यद्यपि दुवै टीमले २-२ खेल खेल्न बाँकी रहेकाले रनरेट पनि परिवर्तन हुने देखिन्छ । नामिबियाको अहिले दुई अंक छ । एक खेल जिते निमिबियाको अंक ४ पुग्नेछ । नेपालले ४ अंक पुर्‍याउन दुवै खेल जित्नुपर्ने हुन्छ ।

उता दुई खेलमा ४ अंक भएको नेदरल्यान्डस्को रनरेट पनि उच्च रहेकाले आउँदो दुवै खेल पराजित हुँदा पनि फाइनल खेल्ने उच्च सम्भावना छ ।

नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । बिहीबार भएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनले पराजित गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर