जोर्डनविरुद्ध नेपालको सुरुवाती ११ तय, साम्बासहित तीन खेलाडी परिवर्तन
नेपाल प्रेस
२०८० फागुन १७ गते २१:३४
काठमाडौं । साउदी अरबमा जारी वेस्ट एसियन फुटबल फेडेरेसन–वाफ वुमन्स च्याम्पियनसिपको उपाधिका लागि नेपालले केहीबेरमा जोर्डनको सामना गर्दै छ । फाइनलमा उत्रने नेपालको सुरुवाती–११ भने तय भएको छ। सेमिफाइनलमा लेबनानविरुद्ध उत्रिएकोभन्दा ३ खेलाडीहरु सुरुवाती टोलीमा परिवर्तन गरिएको छ ।
सावित्रा भन्डारी, अनिता बस्नेत र अनिता केसीको स्थानमा दीपा शाही, रश्मीकुमारी घिसिङ र सबिता मगरलाई समावेश गरिएको छ ।
प्रतियोगितामा सर्वाधिक ९ गोल गरेकी साम्बा व्यावसायिक फुटबलमा फर्कनु परेपछि फाइनल खेल्न असमर्थ भएकी थिइन् । उनले एकै खेलमा ५ सहित प्रतियोगिताको हरेक खेलमा गोल गरिरहेकी थिइन् ।
रेखा पौडेल, अमिशा कार्की अग्रपंक्तीमा रहने गरेका छन् । सविता रानामगर, दीपा शाही र रश्मीकुमारी घिसिङ मिडफिल्ड र अग्रपंक्ति दुवैबाट खेल्न सक्छन् । प्रिती राई सेन्ट्रल मिडफिल्डरका रुपमा रहने छिन्। पुजा राना, अमृता जैसी, हिरा भुजेल र गिता रानाले रक्षापंक्ती सम्हाल्नेछन् ।
प्रतिक्रिया
सम्बन्धित खवर