अफसाइड ट्रयाप बिट गर्दै बराबरीमा पुग्यो जोर्डन – Nepal Press

अफसाइड ट्रयाप बिट गर्दै बराबरीमा पुग्यो जोर्डन

काठमाडौं । वाफ वुमन्स च्याम्पियनसिपमा अहिले नेपालसँग उपाधि भिडन्त गरिरहेको जोर्डनले खेल बराबरीमा ल्याएको छ । ७३ औँ मिनेटमा अफसाइड ट्रयाप बिट गर्दै जोर्डनले खेल बराबरीमा ल्याएको हो ।

लामो पासमा जोर्डनका दुई खेलाडीले अफसाइड ट्रयाप बिट गर्दै गोलिकपरसँग वन भर्सेस वन भएका थिए। प्रिति राई घाइते भएर बाहिर गएका कारण नेपाल १० खेलाडीमा खेलिरहेको थियो । त्यसअघि नेपालले २९ औँ मिनेटमा गोल गरेको थियोसविता राना मगरले डिबक्सबाहिरबाट गोल गरेकी थिइन् ।

डीबक्सबाहिर एक छेउबाट रेखा पौडेलले दिएको क्रस पासमा सविताले सेकेन्ड बार च्याप्दै गरेको प्रहार जोर्डनका खेलाडीलाई डिफ्लेक्ट हुँदै गोल भएको थियो। पहिलो हाफको इन्जुरी समयमा जोर्डनले गोल गर्ने राम्रो अवसर पाएपनि सिक्स यार्ड सर्कलबाहिरबाट फ्रेममा प्रहार हुन नसक्दा नेपालको संकट टरेको थियो। नेपाल सिनियर अन्तर्राष्ट्रिय महिला फुटबलमा पहिलो उपाधि जित्ने प्रयाशमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *