‘१८ देशमा हाम्रो जुत्ता निर्यात हुन्छ, तर खुला सीमाले उद्योग बन्द गर्नुपर्ने अवस्थामा छौं’ – Nepal Press
नेपाल टक

‘१८ देशमा हाम्रो जुत्ता निर्यात हुन्छ, तर खुला सीमाले उद्योग बन्द गर्नुपर्ने अवस्थामा छौं’

फुटवेयर म्यानुफ्याक्चरिङ एसोसियसनका निवर्तमान अध्यक्ष घिमिरे भन्छन्– हाम्रो समस्या समाधान गर्न सरकार उदासीन छ

विराटनगर । सरकारले नेपाली जुत्ताचप्पल उद्योगलाई निर्यातमुखी उद्योगको सूचीमा राखेको छ । भूकम्प र नाकाबन्दी हुनुभन्दा अगाडिसम्म नेपाली वस्तु निर्यात गर्ने उद्योगको छैटौं सूचीमा थियो नेपाली जुत्ता उद्योग । सो बेला नेपालबाट वार्षिक अढाई करोड जुत्ताचप्पल विदेश निकासी हुन्थ्यो । अहिले घटेर ५० देखि ६० लाख जोरमा झरेको छ ।

कम विकसित देशको सूचीमा रहेको नेपाली उत्पादनलाई धेरैजसो देशहरूले शून्य भन्सार नीतिभित्र राखेका छन् । तर, कूटनीतिक पहल नहुँदा नीतिमा भए पनि कार्यान्वयनमा समस्या हुँदै आएको छ । नेपाली जुत्ताचप्पल उद्योगको अवस्था, समस्या र चुनौतीका विषयमा फुटवेयर म्यानुफ्याक्चरिङ एसोसियसनका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नानीराज घिमिरेसँग नेपालप्रेसकर्मी सुमन पुरीले गरेको कुराकानीको सम्पादित अंशः

– नेपाली उद्योगबाट उत्पादित जुत्ता बलिया छैनन् भन्ने गरिन्छ, के यो आशंका यथार्थ हो ?

हो, यही आशङ्कालाई चिर्न हामीले महोत्सव गर्दै आएका छौं । नेपाली उत्पादन गुणस्तरीय छन्, सस्ता छन् भन्ने प्रमाणित गर्न नै महोत्सव गर्दै आएको हो । यसले डिजाइनमा उत्कृष्ट र बलिया छन् भन्ने देखाएको छ । उपभोक्तालाई सोध्नुस्, उहाँहरु खुशी हुनुहुन्छ । विदेशी जुत्ता एउटा दोकानबाट लग्नुभयो, ५ दिनपछि बिग्रियो भने यो त बाहिरबाट आएको हो भन्ने जवाफ पाउनुहुन्छ । हामी जुत्ता फिर्ता लिन सक्दैनौं भन्नुहुन्छ । तर, हामीले ६ महिनाको बकाइदा वारेन्टी दिएका छौं । क्वालिटी छ छैन भन्ने कुरामा त हामी जिम्मेवार छौं नै ।

– नेपाली जुत्ता उद्योगको अवस्था के छ ? हामी आत्मनिर्भर छौं कि निर्यात गर्ने अवस्थामा पुग्यौं ?

नेपाली जुत्ता उद्योगको कुरा गर्ने हो भने अहिले लघु, मझौला र ठूला गरेर हेर्नुपर्ने हुन्छ । लघु उद्योग परम्परागत सीपमा आधारित छन् । पुर्ख्यौली र पुस्तैनी सीपका आधारमा घरमै पनि जुत्ताचप्पल उत्पादन गर्ने गरिएका छन् । उहाँहरूको संख्या १२ सयको हाराहारीमा छ । ५० देखि एक हजार जोर जुत्ता उत्पादन गर्नेलाई हामीले मझौला उद्योगीको रूपमा विभाजन गरेका छौं । यस्ता उद्योग २०० को हाराहारीमा छन् ।

यसैगरी १ देखि ५ हजारसम्म बनाउने ४०-५० वटा उद्योग छन् । ५ हजारभन्दा माथि बनाउने पनि छन् । फुटवेयरको कुरा गर्दा वाथरुममा लगाउने, घरमा लगाउने, बाहिर हिँड्दा लगाउने सबै पर्छन् । स्कुल जाँदा लगाउने, पाटीमा जाँदा लगाउने, स्पोर्टका जुत्ता सबै फुटवेयरमा पर्छन् । यसरी हेर्दा एउटा उद्योगले १० हजारदेखि एक लाख जोरसम्म दैनिक जुत्ता उत्पादन गर्दै आएका छन् ।

नेपाली जुत्ता उद्योगले वार्षिक १६ करोड जोर जुत्ता उत्पादन गर्ने क्षमता राख्छ । हामीले सर्भे गरेका छौं । सर्भेअनुसार बजारमा बस्ने महिलाले १०-१२ जोर जुत्ताचप्पल वर्षमा लगाउँछन् । पुरुषहरुले ५-६ जोर लगाउँछन् । पहाडमा २-३ जोर जुत्ता लगाइन्छ । औसतमा एक जनाले ३.४५ जोर जुत्ता नेपालीले लगाउँछन् ।

नेपाली जुत्ता उद्योगले वार्षिक १६ करोड जोर जुत्ता उत्पादन गर्ने क्षमता राख्छ । हामीले सर्भे गरेका छौं । सर्भेअनुसार बजारमा बस्ने महिलाले १०-१२ जोर जुत्ताचप्पल वर्षमा लगाउँछन् । पुरुषहरुले ५-६ जोर लगाउँछन् । पहाडमा २-३ जोर जुत्ता लगाइन्छ । औसतमा एक जनाले ३.४५ जोर जुत्ता नेपालीले लगाउँछन् । हाम्रो जनसंख्या चानचुन ३ करोड जुत्ता प्रयोग हुन्छ । यस्तो अवस्थामा १६ करोडमा ६ करोड ५० लाख जोर जुत्ताचप्पल नेपाली उद्योगले धान्छ ।

लिगल रूपमा भित्रिएका डेढदुई करोड जुत्ता नेपाली उपभोक्ताले उपयोग गर्छन् । बाँकी डेढदुई करोड जुत्ता चोरी निकासीबाट आउँछ । यसले ठूलो मात्रामा राजस्व गुमिरहेको छ । खुला सीमाबाट हुने तस्करी नेपाली जुत्ताचप्पल उद्योगको चुनौती हो । यसकै कारण हामी जुत्ता उद्योग बन्द गर्ने अवस्थामा छौं । हामी साढे १६ करोड जोर जुत्ताचप्पल उत्पादन गर्ने क्षमता राख्छौं । तर, ७ करोड जोर जुत्ताचप्पल उत्पादन गरेर बसिरहेका छौं । हामी अहिले ५८-६० लाख जोर जुत्ताचप्पल विभिन्न १८ वटा देशमा निर्यात गरिरहेका छौं ।

हामी राज्यको सबै निकायमा दर्ता छौं । भ्याट, कर सबै तिर्छौं । तर, कतिपय उद्योग दर्ताविना नै सञ्चालनमा छन् । भारतबाट कालिगढका रूपमा नेपाल छिर्ने, केही समय उद्योगमा काम गर्ने अनि आफैं विनादर्ता जुत्ताचप्पल बनाउनेहरू छन् । तर, उहाँहरूले दर्ता गरेर कर तिर्नु भएको छैन । यस्ता उद्योगहरूले कच्चापदार्थ समेत चोरी पैठारी गरेर ल्याउने गर्नुभएको छ । यसले नेपाली जुत्ता उद्योग धराशायी त बनिरहेको छ नै, राज्यले पाउने ठूलो राजस्वसमेत गुमिरहेको छ । यसरी हेर्दा जुत्ताचप्पल नै सीधै चोरी पैठारी भएर आउने अर्को कच्चापदार्थ चोरी पैठारी भएर आउने यो समस्या अहिले बढ्दो छ । यसलाई राज्यले रोक्नुपर्छ ।

– यो समस्या समाधान गर्न राज्य किन लागेन ? तपाईंहरूले चोरी पैठारी रोक्न के पहल गरिरहनु भएको छ ?

चोरी पैठारी रोक्न हामी पटक पटक डेलिगेसन गएका छौं । म अध्यक्ष हुँदा प्रधानमन्त्रीसँग पनि छलफल गर्‍यौं । मुख्यसचिव, सचिव, तीन वटै सुरक्षा निकायका चिफसँग पनि हामी बस्यौं । उहाँहरूले समस्या समाधान गर्छौं भन्नुभएको थियो । तर, अहिलेसम्म अवस्था फेरिएको छैन । आश्वासन दिनुभयो, केही समय रोकियो पनि । तर, फेरि चोरी पैठारी निरन्तर भइरहेको छ । राज्यलाई हामीले सुझाव दिइरहेका छौं । नीतिगत रूपमा सम्बोधन गरेको छ । तर, कार्यान्वयनको पक्ष अत्यन्तै फितलो छ ।

बिलविजकमा कडाइ गर्ने हो भने व्यापारीले लिन छाड्छ । व्यापारीले नलिइ दिएपछि चोरी गर्नेहरूले कहाँ बेच्छन् ? चोरी तस्करी त अटोमेटिक नियन्त्रण हुन्छ । यसले व्यापारलाई पनि फाइदा पुग्छ, उद्योगीलाई पनि । यसबाट फाइदा राज्यलाई नै पुग्ने हो नि ! यति सहज उपाय हुँदा पनि राज्य उदासीन छ ।

फुटवेयरको कुरामात्रै नगरौं । निर्यात गर्ने यस्ता उद्योगहरू पनि अहिले चोरी पैठारीको मारमा परेका छौं । यो समस्या समाधान गर्न सहज छ । आन्तरिक राजस्व कार्यालय सबैतिर छ । एक पटक पसलमा जाने अनुगमन गर्ने, बिल हेर्ने, स्टकहरू हेर्ने हो भने समस्या समाधान हुन्छ । हामी सच्चिने मौकासहित आएका हौं, सच्चिनु भएन भने पेनाल्टी हान्छौं भन्ने हो भने यो समस्या समाधान हुन्छ । एक पटक चेतावनी दिएर २० दिन पछि फेरि पसलमा जाने हो भने विनाबिजकको माल आउन छाड्छ । बिलविजकमा कडाइ गर्ने हो भने व्यापारीले लिन छाड्छ । व्यापारीले नलिइ दिएपछि चोरी गर्नेहरूले कहाँ बेच्छन् ? चोरी तस्करी त अटोमेटिक नियन्त्रण हुन्छ । यसले व्यापारलाई पनि फाइदा पुग्छ, उद्योगीलाई पनि । यसबाट फाइदा राज्यलाई नै पुग्ने हो नि ! यति सहज उपाय हुँदा पनि राज्य उदासीन छ ।

– नेपाली जुत्ता उद्योगलाई निर्यात उद्योगको रूपमा राज्यले लिएको छ । नेपाली जुत्ताचप्पल निर्यात गर्न के समस्या छ ?

भूकम्प र नाकाबन्दी भन्दा अगाडि नेपाली जुत्ता निर्यात हुने वस्तुको छैटौं सूचीमा थियो । त्यो बेला अढाई करोड जोरभन्दा बढी जुत्ताचप्पल वार्षिक रूपमा विदेश निर्यात भएको थियो । अहिले ६०-७० लाख जोर विदेश गइरहेका छन् । तर, भूकम्प, नाकाबन्दी र कोरोनाका कारण सप्लाइको चेन टुटेको छ । चेन टुटेपछि अर्को समस्या भयो । त्यसपछि सरकारले कूटनीतिक पहल गरेन । अति कम विकसित मुलुकको रूपमा राखेर कतिपय देशमा शून्य भन्सार नीति छ ।

अमेरिकाको कुरा गरौं । ७७ वटा वस्तुमध्ये नेपाली जुत्ता पनि पर्छन् । अमेरिकासँग भएको शून्य भन्सार भएका वस्तुको सूचीमा जुत्ता पनि राखिएको छ । तर, कार्यान्वयनमा अहिले पनि हामी ३७.५ प्रतिशत भन्सार तिर्छौं । हामीले पटक पटक राज्यलाई भनेका छौं । अब पहल गर्छौं, अब गर्छौं भन्ने जवाफ आएको छ । तर, समस्या समाधान भएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर