नेपालगन्जमा पौवाले थाल्यो पाँच तारे होटल निर्माण – Nepal Press

नेपालगन्जमा पौवाले थाल्यो पाँच तारे होटल निर्माण

रुपन्देही । नेपाली हस्पिटालिटीको ब्राण्डिङ गर्ने लक्ष्यसहित ७ वर्षअघि स्थापना भएको होटल पौवाले बाँकेको नेपालगन्जमा पाँचतारे होटल संचालन गर्ने भएको छ । यहाँ उसले आफ्नो १३ औं शाखा संचालनको थालनी गरेको हो ।

कोशी र मधेश प्रदेशबाहेक सबै प्रदेशमा सेवा संचालन गरेको पौवा होटलले पर्यटनको पश्चिम ढोकाकारुपमा रहेको नेपालगन्जमा १३ औं शाखा विस्तारको थालनी गरेको जनाएको छ।

सुबिधा सम्पन्न ५ तारे होटल निर्माणको बिहीबार पूजापाठसहित शिलान्यास गरिएको होटल पौवा प्रालिका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए । नेपालगन्जमा संचालन हुने होटल निर्माणको काम २ वर्षमा सम्पन्न गरी ग्राहकलाई सेवा दिइने संचालकहरुको भनाइ छ ।

जहाँबाट आतिथ्यताको सुरुवात हुन्छ भन्ने मूल आदर्शलाई आत्मासाथ गर्दै नेपाली पर्यटन बजारमा प्रवेश गरेको होटल पौवाकोे नेपालगन्जमा सञ्चालन हुने १३ औं शाखामा फरक फरक स्वाद र परिकारका ५ वटा रेष्टुरेन्ट, ४ वटा ठूलो सभा हलसहित १४ वटा मिटिङ हल, ७ वटा स्वीट रुमसहित ८० वटा डिलक्स रुप उपलब्ध हुनेछन्।

जहाँबाट आतिथ्यताको सुरुवात हुन्छ भन्ने मुल आदर्शलाई आत्मासाथ गर्दै नेपाली पर्यटन बजारमा प्रवेश गरेको होटल पौवाले नेपाली पर्यटन बजारको पश्चिमको मुल ढोकाकारुपमा रहेको नेपालगन्जको पर्यटन उद्योगलाई मध्यनजर गर्दै ५ तारे सुबिधा सहितको होटल सञ्चालनको सुरुवात गरेको होटल पौवा प्रालिका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले बताए।

उनले नेपालका लागि नेपाली हस्पिटालिटी सहितको सेवा दिने गरी स्थापना भएको होटल पौवा नेपाली होटल तथा रेष्टुरेण्ट क्षेत्रमा नौलो प्रयोग भएको दाबी गरे। होटलमा प्रवे्श गरेदेखि बाहिरिँदासम्म नेपाली स्वाद, नेपाली संस्कृति र नेपालीपन् महसुस् हुनेगरि होटलले सेवा दिँदै आएको अध्यक्ष भण्डारीले बताए। होटल पौवाका संचालक समितिका सदस्य ध्रुवराज न्यौपानेले पौवाको सेवा लिने हरेक ग्राहकले नेपालीपनको महशुस गर्ने र विश्व पर्यटन बजारमा नेपाली आतिथ्यताको ब्राण्डिङ हुने विश्वास ब्यक्त गरे।

उनले २ वर्षभित्र निर्माण सम्पन्न गरि सेवा दिने योजनाका साथ कार्य आरम्भ गरिएको जनाउँदै पौवा नेपाली हस्पिटालिटी भएको नेपालको एउटामात्र समूह भएको दाबी गरे। नेपालगन्ज निर्माण सुरु गरिएको होटलमा मात्र पौवाकोे करिव १ अब लगानी हुने अनुमान गरिएको छ।

पौवाका प्रबनध निर्देशक ज्ञवालीका अनुसार स्थापनाको ७ वर्षमा लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा पौवाको पहुँच पुगेको छ भने छिमेकी कर्णाली प्रदेशको जुम्ला, गण्डकी प्रदेशको पोखरा, सुदूरपश्चिम प्रदेशको धनगढी तथा बाग्मती प्रदेशको काठमाडौं र सौराहामा पौवाको सेवा उपलब्ध छ।

लुम्बिनी प्रदेशको रुपन्देहीको भैरहवाको चिल्ड्रेन पार्क र बुटवलको योगीकुटी, दाङको भालुवाङ, लमही र घोराही, कपिलवस्तुको गोरुसिङ्गेमा पौवाले समान र नेपालीपन सहितको सेवा दिइरहेको छ। त्यसैगरी पाल्पाको तानसेन र गुल्मीको रेसुङ्गामा पनि अन्तरराष्ट्रिय स्तरको रिसोर्टसहित होटल संचालनमा रहेको छ। ज्ञवालीले होटल पौवाले यसै वर्षबाट चितवनको सौराहामा पनि सेवा सुरु गरेको जानकारी दिए।

उनले यसै आर्थिक वर्षमा थप २ वटा शाखा थप गर्ने लक्ष्य राखिएको जनाउँदै कोशी प्रदेशमा होटल संचालनको अध्ययन गरिरहेका तथा मधेश प्रदेशको जनकपुरमा सम्भाब्यतासहित होटल संचालनको प्रारम्भिक तयारी गरिएको बताए।

गण्डकी प्रदेशमा पनि थप होटल संचालनको अध्ययन थालिएको उनले बताए। नेपालगन्जमा पहिलो होटलकारुपमा ९ तलासहितको एउटै छानामुनी क्योसिनो, स्पा, स्विमीङ, जिम सुबिधा रहेको होटल संचालन हुने होटलका प्राविधिक समूहका प्रमुख इन्जिनियर प्रदीप भण्डारीले बताए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर