नामिबियाविरुद्ध दीपेन्द्रले लिए दुई बलमा दुई विकेट
नेपाल प्रेस
२०८० फागुन १८ गते १४:४२
काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नामिबियाविरुद्ध नेपाललाई पाँचौं सफलता मिलेको छ ।
दीपेन्द्रसिंह ऐरीले नेपाललाई लगातार दुई बलमा दुई विकेट दिलाएका हुन् ।
१५औं ओभरको पहिलो र दोस्रो बलमा दीपेन्द्रले विकेट लिएका हुन् । पहिलो बलमा दीपेन्द्रले अर्धशतक प्रहार गरेका जेजे स्मिटलाई आउट गरेका थिए । दोस्रो बलमा जान निकोल लोफ्ट इटनलाई आउट गरेका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर