अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दै करणले दिलाए रोमाञ्चक जित
टी-२० सिरिजमा नेपालको पहिलो जितसँगै फाइनल खेल्ने सम्भावना कायमै
काठमाडौं । नामिबियाविरुद्धको दोस्रो टी-२० म्याचमा नेपालले रोमाञ्चक जित हासिल गरेको छ । आफ्नो तेस्रो खेलमा नामिबियालाई रनले पराजित गर्दै नेपालले पहिलो जित गर्दा गराएको हो ।
नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको नामिबिया निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७७ रन मात्रै बनाउन सक्यो । अन्तिम ओभरमा नामिबियालाई जितका लागि १२ रन आवश्यक थियो । करण केसीले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दै ३ रनको रोमाञ्चक जित दिलाएका हुन् ।
नामिबियाका जेजे स्मिटले सर्वाधिक ५० रन बनाए । जान फ्रिलिंकले ३७, जेपी कोट्जेले २५, माइकल भान लिंगेनले १०, मलान क्रुगरले ३, रुबेन ट्रम्पलम्यान १४ र जान निकोल लोफ्ट इटोन शुन्य रनमा आउट भए । जेन ग्रीन २३ रनमा अविजित रहे ।
बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरी, करण केसी र सोमपाल कामीले २–२ विकेट लिए । अभिनास बोहराले एकएक विकेट लिए ।
यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।
नेपालका लागि कुशल मल्लले सर्वाधिक अविजित ५५ रन बनाए । मल्लले आरिफ शेखसँग मिलेर पाचौं विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए । आरिफ ३१ रन बनाएर आउट भएका हुन् ।
यसअघि गुल्सन झा २६, अनिलकुमार शाह २३, दीपेन्द्रसिंह ऐरी १६, कप्ताज रोहित पौडेल १० रन, करण केसी ७, सोमपाल कामी २ र आसिफ शेख एक रनमा आउट भएका हुन् ।
बलिङमा नामिबियाका बेन शिकोंगोले सर्वाधिक ३ विकेट लिए । ज्याक ब्रसेलले २, रुबेन ट्रम्पलम्यान, जान निकोल लोफ्ट इटन र बर्नार्ड स्कोल्जले एकएक विकेट लिन सफल भए ।
यो जितसँगै जारी टी–२० सिरिजमा पहिलो जित दर्ता गराएको छ । पहिला दुई खेलमा पराजित भएको नेपालले तेस्रो खेलमा जित निकालेसँग फाइनल खेल्ने सम्भावना भने कायमै राखेको छ ।
पहिलो खेलमा नामिबियासँग २० रन र नेदरल्यान्डसँग २ रनले पराजित भएको थियो । अब नेपालले चौथो खेल शनिबार नेदरल्यान्डसँग खेल्नेछ ।