एमाले लुम्बिनीले सदनमै शिखर सम्मेलनको विषयमा मुख्यमन्त्रीसँग जवाफ माग्ने – Nepal Press

एमाले लुम्बिनीले सदनमै शिखर सम्मेलनको विषयमा मुख्यमन्त्रीसँग जवाफ माग्ने

रुपन्देही । नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारले फागुन २८ र २९ गते बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गर्न लागेको सम्मेलनको विषयमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसमक्ष सदनमा जवाफ माग गर्ने भएको छ ।

प्रदेश सरकारबाट बजेट विनियोजन गराएर गैरसरकारी संस्थालाई लुम्बिनीजस्तो पवित्र ठाउँमा सम्मेलन आयोजना गर्न दिइएको भन्दै एमालेले मुख्यमन्त्री र प्रदेश सरकारको विरोध गर्दै आएको छ ।

एमाले संसदीय दलको शुक्रबार बसेको बैठकमा संचारमाध्यममा आएका समाचार र मुख्यमन्त्रीको भूमिकाको विषयमा सदनमा जवाफ माग्ने निर्णय भएको प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बताए ।

संसदीय दलका नेता तथा पूर्व पूख्यमन्त्री लिला गिरीको अध्यक्षतामा बसेको बैठकमा संसदीय समिति सभापति चयनमा भएको ढिलाई, मुख्यमन्त्रीले बिगतमा गरेको सहमति कार्यान्वयनमा देखाएको उदासिनता र सरकारले गरेका गलत कामको सदन ध्यानाकर्षण गराउने निर्णय भएको चौधरीले बताए ।

शुक्रबार बस्ने सदनको बैठकअघि एमाले संसदीय दलको बैठक बसेर यस्ता निर्णय गरेको हो । ३ बजे बस्ने भनिएको बैठक आवश्यक तयारी नपुगेको भन्दै केही समय ढिलाई हुने प्रदेश सभाका कर्मचारीले जनाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर