विराटनगरमा राष्ट्रिय डोरी तान प्रतियोगिता सुरु – Nepal Press

विराटनगरमा राष्ट्रिय डोरी तान प्रतियोगिता सुरु

काठमाडौं । कोशी प्रदेशको विराटनगरमा दोस्रो राष्ट्रिय डोरी तान प्रतियोगिता सुरु भएको छ ।

नेपाल डोरी तान संघ र नेपाल डोरी तान संघ  कोशी प्रदेश समितिलेको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगर स्थित महेन्द्र मोरङ् आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन  कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले गरेका हुन् ।

डोरी तान खेल अत्यन्तै अनुशासित खेल भएको र यो खेलको वृति विकासमा सबैले लाग्नु पर्ने मन्त्री कार्कीले बताए ।

पहिलो दिन ८ खेल सकिएको संघका महासचिव बिमल पौडेलले जानकारी दिए । प्रतियोगितामा ५  प्रदेशसहित ३ विभागीयले सहभागी रहेको उनले बताए ।

गण्डकी र सुदुरपश्चिम प्रदेशबाहेकका सबै प्रदेशले सहभागिता जनाएको पौडेलले सुनाए । प्रतियोगिता शनिबार सकिनेछ ।

प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर