विश्वकपअघि जति प्रेसरको खेल खेल्न सक्यो, त्यति नै सजिलो हुन्छ : प्रतिश जिसी (भिडिओ)
काठमाडौं । नेदरल्यान्ड्सविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका तीव्र गतिका बायाँ हाते बलर प्रतिश जिसी प्लेयर अफ द म्याच घोषित भए ।
नेदरल्यान्ड्सविरुद्ध ४ ओभर बलिङ गरेका प्रतिशले १३ रन खर्चेर महत्त्वपूर्ण ३ विकेट लिन सफल भए । तिनै ब्याटरलाई प्रतिशले बोल्ड आउट गरेका थिए ।
खेलपछि प्रतिशले प्लान सफल हुँदा नतिजा राम्रो आएको बताए । टी-२० विश्वकप अघि जति प्रेसर खेल खेल्छौँ, त्यति नै फाइदा हुने जिसीले सुनाए ।
‘विश्वकपअघि अरू खेलहरू भयो भने चाहिँ जति प्रेसरको खेल खेल्न सक्यो, त्यति नै सजिलो हुन्छ,’ उनले भने, ‘यो किसिमको खेलले टीमको फरमेसन बन्नदेखि विपक्षीलाई चिन्नका लागि मौका छ । उनीहरूलाई पनि हामीलाई चिन्न उत्तिकै मौका छ ।’