दुबईमा १७ वर्षपछि नेपाली रोजगार मेला, वैदेशिक रोजगार व्यवसायीका ६३ स्टलमा के के छन् विशेषता ? – Nepal Press

दुबईमा १७ वर्षपछि नेपाली रोजगार मेला, वैदेशिक रोजगार व्यवसायीका ६३ स्टलमा के के छन् विशेषता ?

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा नेपाली रोजगार मेला आयोजना भएको छ । वैदेशिक रोजगार व्यवसायी संघको आयोजना र दुबईस्थित नेपाली दूतावासको संयोजनमा आयोजना भएको मेलाको श्रममन्त्री शरतसिंह भण्डारीले उद्घाटन गरे ।

दुबइस्थित जेडब्ल्यू म्यारियट होटलमा आयोजित मेलामा युएइ सरकारका विदेशम मन्त्रालय र रोजगार विभागका अधिकारीको पनि सहभागिता रहेको थियो, भने ६३ वटा स्टल थिए ।

वैदेशिक रोजगार व्यवसायी र रोजगारदाता कम्पनीको प्रत्यक्ष सम्पर्कको अभावका कारण बिचौलियाले फाइदा लिएको र उनीहरुलाई कामदार भर्ना प्रक्रियाबाट पन्छाएर म्यानपावर कम्पनी र रोजगारदाताको प्रत्यक्ष सम्बन्ध स्थापित गर्नका लागि रोजगार मेला आयोजना गर्न लागिएको संघका अध्यक्ष भण्डारीले बताए ।

मेलाले नेपालमा दक्ष कामदार उत्पादनका लागि लगानी बढाउन सहयोग पुग्ने उल्लेख गर्दै उनले युएईपछि नेपाली कामदार बढी भएका देशहरुमा पनि जब फेयर आयोजना हुने बताए ।

संघका सल्लहकार तथा नेपालबाट सबैभन्दा जनशक्ति पठाउने द रिभर ओभरसिजका संचाकल रघू पुरीले बिचौलियाबाट जोगिँदै कम खर्चमा वैदेशिक रोजगारीमा जान कामदारलाई मेलाले सहयोग पुग्ने बताए ।

नेपालका मेनपावर र यहाँका रोजगारदाता कम्पनीबीच सिधै सम्बन्ध हुँदा कामलाई आर्थिक भार कम पर्ने र ठगिने सम्भावना पनि कम हुने उनले बताए ।

१७ वर्षपअघि तत्कालीन अध्यक्ष एलपी साँवा नेतृत्वको कार्यसमितिले मेलाको आयोजना गरेको थियो । मेला लामो समयपछि आयोजना भएपनि अब भने अन्य देशहरुमा आयोजना गरी नेपाली कामदारलाई सहयोग पुर्याउने उद्देश्य रहेको अध्यक्ष भण्डारसीले बताए ।

नेपालबाट वैदेशिक रोजगारमा पठाउने व्यवसायी र रोजगारदाताको प्रत्यक्ष भेटका लागि उक्त मेला आयोजना संघले बताएको छ ।

यूएईस्थित रोजगारदाताहरु, सबै स्टेटका चेम्बर, इन्डियन इन्भेष्टमेन्ट ग्रुप, सबै बिजनेस कम्युनिटी, एचआर एशोसिएसनलगायतको सहभागिता रहेको मेला उपलब्धि मूलक बनेको ब्यवसायीले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर