साफ यू-१६ महिला फुटबल : पहिलो खेलमै बङ्गलादेश सङ्ग नेपाल पराजित – Nepal Press

साफ यू-१६ महिला फुटबल : पहिलो खेलमै बङ्गलादेश सङ्ग नेपाल पराजित

हेटौँडा । काठमाडौंमा जारी साफ यू-१६ महिला फुटबल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा नै हार बेहोरेको छ ।

शनिवार काठमाडौँको एन्फा कम्प्लेक्समा भएको खेलमा नेपाल ब‌ंगलादेशसँग २-० गोलले पराजित भएको हो ।

नेपाल, भारत, भुटान र बङ्गलादेश सम्मिलित प्रतियोगिताको आफ्नो पहिलो खेलमा पराजित भएसँगै नेपाललाई शीर्ष २ मा पुग्न कठिन हुने भएको छ ।

प्रतियोगिताको बलियो टिम मानिएको नेपालले ब‌ंगलादेशसँग अपेक्षित खेल खेल्न नसक्दा पराजय भोग्नु परेको हो ।

प्रतियोगिताको पहिलो खेलमा भारतले भुटानलाई ७-० ले हराएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *