राष्ट्रिय डोरी तान प्रतियोगिताको उपाधि कोशी प्रदेशलाई – Nepal Press

राष्ट्रिय डोरी तान प्रतियोगिताको उपाधि कोशी प्रदेशलाई

काठमाडौं । दोस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको उपाधि कोशी प्रदेशले जितेको छ । नेपाल डोरी तान संघको आयोजनामा विराटनगरमा भएको राष्ट्रिय डोरी तान प्रतियोगिताको उपाधि कोशी प्रदेशले जितेको हो ।

फाइनलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) लाई २-० सेटले पराजित गर्दै कोशीले उपाधि जितेको संघका महासचिव विमल पौडेलले जानकारी दिए ।

प्रतियोगितामा ५ प्रदेशसहित ३ विभागीय टोलीले सहभागिता जनाएका थिए । गण्डकी र सुदूरपश्चिम प्रदेश भने प्रतियोगितामा सहभागी भएका थिएनन् ।

प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह चरणबाट सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, कोशी प्रदेश र मधेश प्रदेश सेमिफाइनलमा प्रवेश गरेका थिए ।

सेमिफाइनलमा कोशीले मधेश प्रदेशलाई र एपीएफले नेपाल प्रहरीलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए । फाइनलमा एपीएफलाई पराजित गर्दै कोशी प्रदेशले उपाधि रक्षा गरेको हो ।

विजेता कोशीले एक लाखसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्‍यो । उपविजेतामा बनेको एपिएफले ५० हजारमा चित्त बुझायो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर