शालिनको मृत्युबारे चितवनका सीडीओ, एसपी र डीएसपीले गरे गृहमन्त्रीलाई संयुक्त व्रिफिङ
काठमाडौं । चितवनको शिशु निकेतन विद्यालयको छात्रावासभित्र बालिका मृत भेटिएको घटनाबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले चितवनको प्रहरी प्रशासनबाट ब्रिफिङ लिएका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, एसपी भावेस रिमाल र डीएसपी श्रीराम भण्डारीले गृहमन्त्रीलाई संयुक्त ब्रिफिङ गरेका हुन् ।
सीडीओ कार्यालयबाट फोनमार्फत गृहमन्त्रीलाई घटनाबारे जानकारी गराइएको डीएसपी भण्डारीले नेपाल प्रेसलाई बताए । सो घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ । बालिकाको शव पोस्टमार्टमका लागि टिचिङ अस्पतालमा राखिएको छ । हिजोमात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक सञ्जालमा स्टाटस लेख्दै घटनाको सुक्ष्म अनुसन्धानका लागि आफूले निर्देशन दिएको बताएका थिए ।