शिशु निकेतनका प्रिन्सिपलसहित ३ जनाको ४ दिन म्याद थप, प्रहरी भन्छ- अनुसन्धान ट्र्याकमा आयो – Nepal Press

शिशु निकेतनका प्रिन्सिपलसहित ३ जनाको ४ दिन म्याद थप, प्रहरी भन्छ- अनुसन्धान ट्र्याकमा आयो

चितवन । चितवनको एकता शिशु निकेतन विद्यालयमा बालिका मृत भेटिएको घटनामा पक्राउ परेका तीन जनाको ४ दिन म्याद थपिएको छ । मृतकको परिवारको किटानी जाहेरीका आधारमा विद्यालयका प्रिन्सिपलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

यसअघि अदालतले दिएको म्याद सकिएर आज ४ दिनको थप म्याद लिइएको चितवन प्रहरीले बताएको हो । आज आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी श्रीराम भण्डारीले मृतकको पोस्टमार्टम रिपोर्ट आएसँगै अनुसन्धान ट्र्याकमा आएको जानकारी दिए ।

उनले भने, ‘रिपोर्टमा मृत्युको कारण ‘ह्याङ्गिङ’ भनिएको छ । अरु त्यस्तो केही देखिएन । हामी अन्य प्राविधिक रिपोर्टको पर्खाइमा छौं ।’

भिसेरा र सुसाइड नोटको फरेन्सिक जाँचको रिपोर्ट आउन बाँकी रहेको डीएसपी भण्डारीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *