यूएन मिसनमा खटिने १८ देशका सेनाबीच पाँचखालमा संयुक्त अभ्यास – Nepal Press

यूएन मिसनमा खटिने १८ देशका सेनाबीच पाँचखालमा संयुक्त अभ्यास

काठमाडौं । राष्ट्रसंघीय शान्ति मिसनमा खटिने १८ देशका सेनाबीच काभ्रेको पाँचखालमा संयुक्त अभ्यास भएको छ ।

वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा दुई साताअघि सुरु भएको संयुक्त अभ्यास ‘शान्ति प्रयास- ४’ मा नेपालसहित १८ देशका एक हजार १२५ सैनिक सहभागी थिए ।

शान्ति मिसनमा खटिने विभिन्न देशका सेनाबीच एकरुपता कायम गर्न संयुक्त अभ्यास आयोजना गरिएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेना र अमेरिकी सेनाको सहकार्यमा अमेरिकी सरकारकै ग्लोबल पिस अप्रेसन इनिसियटिभ-जीपीओआईको सहयोगमा यस पटक शान्ति अभ्यास सञ्चालन भएको थियो ।

अभ्यासको सोमबार समापन गर्दै नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले अभ्यास शान्ति प्रयासले विश्व शान्ति स्थापना प्रयासमा सहभागी हुने राष्ट्रसंघका सदस्य राष्ट्रहरुका सैनिकहरुबीच आपसी सद्भाव, सहयोग र समन्वयमा वृद्धि हुने विश्वास व्यक्त गरे ।

अमेरिकी सेनाका प्रतिनिधि मेजर जनरल जेरेद हेलविगले शान्ति प्रयासको आयोजना वर्तमान विश्व परिवेशमा अति आवश्यक र सान्दर्भिक रहेको बताए । उनले नेपाली सेना र अमेरिकी सेनाको सहकार्य उदाहरणीय रहेको पनि उल्लेख गरे ।

शान्ति प्रयास अभ्यासमा अप्रेसनल स्टाफ ट्रेनिङ इभेन्ट, ट्याक्टिकल लेभल फिल्ड ट्रेनिङ इभेन्ट र क्रिटिकल इनाबलर एन्ड क्यापाबिलिटी इनहान्समेन्ट जस्ता शान्ति सेनाका आधारभूत गतिविधिमा केन्द्रित रहेको नेपाली सेनाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर