मिडफिल्डर प्रीति राईको घुँडाको शल्यक्रिया सफल – Nepal Press

मिडफिल्डर प्रीति राईको घुँडाको शल्यक्रिया सफल

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टीमकी मिडफिल्डर प्रीति राईको घुँडाको सफल शल्यक्रिया भएको छ । ललितपुरको ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा उनको शल्यक्रिया भएको हो ।

गत साता सम्पन्न वाफ महिला च्याम्पियनशिपको फाइनलमा घाइते भएकी राईको नेपाल फर्केपछि शल्यक्रिया भएको हो । प्लेमेकर राई अब तीन महिनापछि मात्रै मैदानमा फर्कन सक्ने अस्पतालले जनाएको छ ।

जोर्डन विरुद्धको खेलमा घाइते भएपछि उनले फाइनल खेल पूरै समय खेल्न सकिनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *