गठबन्धनमा सहभागी हुने दल निश्चित भएपछि मात्रै मन्त्रालय बाँडफाँट : एमाले महासचिव पोखरेल – Nepal Press

गठबन्धनमा सहभागी हुने दल निश्चित भएपछि मात्रै मन्त्रालय बाँडफाँट : एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ गठबन्धनमा सामेल हुने दलहरूको संख्या नटुंगिएकाले तत्कालै मन्त्रालय बाँडफाँड नहुने जनाएका छन् ।

सत्ता साझेदार ४ दलको ८ बुँदे सहमति सार्वजनिक गरेपछि पत्रकारहरूसँग कुरा गर्दै पोखरेलले नयाँ गठबन्धनमा सहमति जनाउने अन्य दलसँग कुरा गरेर मात्रै मन्त्रिपरिषद पूर्णता दिने प्रष्ट पारेका हुन् ।

‘कुन–कुन दल सामेल हुने भन्ने निश्चित नभएकाले अहिले मन्त्रालय बाँडफाँड हुँदैन, आज चार दलबीच भएको सहमति सार्वजनिक भएकै छ, हामीलाई बाँडफाँडमा समस्या छैन तर नयाँ आउनेलाई समस्या हुने ठानेर अहिले मन्त्रिपरिषद बिस्तार गर्दैनौ’ एमाले महासचिव पोखरेलले भने–‘प्रमले भेटिरहनुभएको छ, धेरै दल यो प्रक्रियामा आउँछन्, नेकपा एस, लोसपा, नाउपासँग संवाद भइरहेको छ, उहाँहरू सकारात्मक हुनुहुन्छ ।’

नेता पोखरेलले यसअघिको गठबन्धनबाट सरकारले चाहे जसरी डेलिभरी दिन नसकेर नयाँ गठबन्धन बनाउनुपरेको दाबी गरे ।

‘जनतामा बढेको निराशा चिर्ने, सुशासनलाई अगाडि बढाउन र नयाँ आशा जगाउन यो गठबन्धन बनेको हो, नागरिकले महसुस गर्ने गरी काम हुनेछन् हामीले त्यो रफ्तारमा काम गर्ने टोली बनाउँछौँ, छिटो मन्त्रिपरिषदले पूर्णता पाउँछ र सुशासन र डेलिभरीमा प्रतिबद्धता देखाउने छ ।’ महासचिव पोखरेलले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर