२५ रन जोडेर आउट भए कप्तान रोहित, तोडियो ५९ रनको साझेदारी – Nepal Press

२५ रन जोडेर आउट भए कप्तान रोहित, तोडियो ५९ रनको साझेदारी

काठमाडौं। घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधिका लागि नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ ।

कप्तान रोहित २५ रन जोडेर आउट भए । नेपालले ८२ रनको जोडेको अवस्थामा रोहित आउट भएका थिए । रोहित र आसिफ शेखबीच दोस्रो विकेटका लागि ५९ रनको साझेदारी भयो ।

आसिफ ३५ रनमा खेल्दैछन् । नेपालले २३ रन जोड्दा पहिलो विकेट गुमाएको थियो । कुशल भुर्तेलले २० रन जोडे । नेपालले ९.२ ओभरमा २ विकेट गुमाएर ८२ रन जोडेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर