एक दिन पनि टिकेन नेप्सेको हरियाली, ७० अंकले गिरावट – Nepal Press

एक दिन पनि टिकेन नेप्सेको हरियाली, ७० अंकले गिरावट

काठमाडौं । सोमबार सर्किट ब्रेक लागेको सेयरबजार एक दिन पनि टिकेन । आज नेप्से ७० अंकले ओरालो लाग्यो ।

अघिल्लो दिन सोमबारमात्रै ११७ अंकले बढेर सर्किट ब्रेक लागेको नेप्से परिसूचक मंगलबार ७०.३१ अंकले घटेर २००७.६९ बिन्दुमा रोकिएको हो । यसदिन बजारमा १ करोड १४ लाख ६७ हजार ५९९ कित्ता सेयरको खरिदबिक्री हुँदा ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार रूपैयाँको कारोबार भयो ।

आजको कारोबारमा बोटल्स नेपाल बालाजु लिमिटेड नेगेटिभ सर्किटसँगै सर्वाधिक घाटामा रहेको छ । कारोबारका आधारमा भने, सोनपुर मिनरल्स एण्ड आयल लिमिटेड ४१ करोड ९१ लाख रूपैयाँको कारोबारका साथ शीर्ष स्थानको सूचीमा देखियो ।

सोमबार सेयरबजार खुलेको तीन मिनेटमै पहिलो सर्किट ब्रेक लागेर कारोबार २० मिनेटका लागि बन्द भएको थियो । पहिलो सर्किट ब्रेकपछि खुलेको एक मिनेटमै दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटका लागि कारोबार बन्द भयो । भने, दोस्रो सर्किट ब्रेकपछि खुलेको बजार एक मिनेट नहुँदै पुन: सर्किट ब्रेक लगेपछि सोमबारको दिनभरको कारोबार नै बन्द भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर