कांग्रेस कार्य सम्पादन समिति बैठक बुढानीलकण्ठमा, बर्खास्त भएका मन्त्रीहरू पनि सहभागी (तस्बिरहरू)
काठमाडौं । सत्ताबाट बाहिरिएपछि नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बसेको छ।
सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक बसेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन फेरेपछिको अवस्थाबारे छलफल भएको हो। बैठकमा बर्खास्त भएका कांग्रेसका ९ मन्त्रीहरू पनि सहभागी थिए। सँगै पार्टीको भावी रणनीतिबारे पनि छलफल भएको छ।
कार्यसम्पादन समितिमा पदाधिकारी, पूर्वपदाधिकारीहरू र केही केन्द्रीय सदस्यहरू रहेका छन्। तत्काल केन्द्रीय समिति बैठक बस्न नसकेका खण्डमा कार्यसम्पादन समितिले निर्णय गर्न सक्ने कांग्रेसको व्यवस्था छ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको नेता मोहनबहादुर बस्नेतले बताए।
उनले भने, एमालेसँग मिलेर सरकार बनाउने बैठकमा कुरा भएको छैन तर असम्भव पनि छैन। जे पनि हुन सक्छ।