माधव नेपाल पनि तपाईंहरुको गठबन्धनमा आउने हो ? ओलीको जवाफ- एफरमेटिभ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता गठबन्धनमा नेकपा एस पनि सहभागी हुन सकारात्मक वातावरण बनेको बताएका छन् ।
नेकपा एसका अध्यक्ष माधव नेपालसँगको छलफलपछि ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।
मधव नेपाल पनि ४ दलीय गठबन्धनमा सहभागी हुने हो ? भन्ने प्रश्नमा ओलीले भने–एफरमेटिभ,एफरमेटिभ भनेर बुझ्नुस् ।
ओलीको भनाइलाई पुष्टि गर्दैै एमाले महासचिव शंकर पोखरेलले गठबन्धनमा अन्य दलहरुलाई सहभागी गराउने प्रयास भइरहेको र माधव नेपाल पनि सकारात्मक रहेको बताए । उनले यसबारेमा भोलि टुंगो लाग्ने जानकारी दिए ।
करिब २ घण्टा लामो छलफलपछि बाहिरिएका अध्यक्ष ओलीले माधव नेपालको स्वास्थ्य अवस्था बुझ्न आफू आएको र यसक्रममा देशको परिस्थितिबारे छलफल भएको प्रतिक्रिया दिए । प्रधानमन्त्री प्रचण्ड भने प्रतिक्रिया नदिई बाहिरिएका थिए ।