ओली र प्रचण्ड निस्केलगत्तै राप्रपा अध्यक्ष लिङदेन माधव नेपाल निवासमा – Nepal Press

ओली र प्रचण्ड निस्केलगत्तै राप्रपा अध्यक्ष लिङदेन माधव नेपाल निवासमा

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली माधव नेपाल निवासबाट बाहिरिएलगत्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको प्रवेश भएको छ ।

एमाले नेताहरु निस्किनै लाग्दा राप्रपा अध्यक्ष नेपाल निवास कोटेश्वर पुगेका हुन् ।

नयाँ गठबन्धनमा राप्रपा सामेल छैन र उसलाई बाहिर राख्ने निर्णय भएको माओवादी नेताहरुले बताएका छन् ।

कांग्रेसले एमाले र माओवादीबाहेकको अर्को गठबन्धनको कसरत गरिरहेका बेला माधव नेपाल निवासमा विभिन्न दलका नेताहरुको ओहोरदोहोर बढेको हो । नेपाललाई दिउँसो विदेशी कुटनीतिज्ञले समेत भेट गरेका थिए ।

उपेन्द्र यादवसमेत गठबन्धनमा प्रष्ट नभइसकेका बेला नेपाललाई कांग्रेसतिर जान नदिन प्रचण्ड सक्रिय भएका छन् । राप्रपा अध्यक्ष लिङ्देनको भेटलाई पनि अर्थपूर्ण मानिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर