मेटाकाे फेसबुकलगायत सबै सञ्जालकाे सर्भर डाउन, चलिरहेका एकाउन्ट अचानक लगआउट – Nepal Press

मेटाकाे फेसबुकलगायत सबै सञ्जालकाे सर्भर डाउन, चलिरहेका एकाउन्ट अचानक लगआउट

काठमाडौं । मेटा कम्पनीका सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र मेसेन्जरकाे सर्भर डाउन भएको छ । बेलुका ९ बजेतिर चलिरहेको एकाउन्ट अचानक लगआउट भएको हो ।

भारत, अमेरिकालगायत विश्वभर नै समग्र सिस्टम डाउन भएकाे सीएनएनलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विश्वभर नै यस्ताे समस्या आएकाे र डाउन डिटेक्टरले फेसबुकमा १५ हजार र इन्स्टाग्राममा १८ हजार रिपाेर्ट आएकाे उल्लेख गरेकाे छ ।

यस्ताे समस्या आउनुकाे कारण भने खुलिसकेकाे छैन भने मेटाले आधिकारिक जानकारी पनि दिएकाे छैन ।

 


प्रतिक्रिया

6 thoughts on “मेटाकाे फेसबुकलगायत सबै सञ्जालकाे सर्भर डाउन, चलिरहेका एकाउन्ट अचानक लगआउट

  1. हो र छ फेसबुक लगायत मेटाका कुनै app नचलेको अवस्था छ। नेपाल सरकारले त कतै BAND गरेको होइन?

Leave a Reply

Your email address will not be published. Required fields are marked *