माधवसँग ओली प्रचण्डको संवादपछि घनश्यामले भने- सकारात्मक रुपमा लिएका छौँ – Nepal Press

माधवसँग ओली प्रचण्डको संवादपछि घनश्यामले भने- सकारात्मक रुपमा लिएका छौँ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको माधव कुमार नेपालसँगको संवाद सकारात्मक भएको बताएका छन् ।

नेपाल निवासमा भएको संवाद पछि उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘अब हामीसँगै जाऊ भन्नु भएको छ’, उनले भने, ‘भोलि ११ बजे बैठक राखेका छौँ ।’ उनले आजको संवाद सकारात्मक भएको र भोली ठोस निष्कर्षमा पुग्ने बताए ।

उनले भने, ‘हामीले सकारात्मक रुपमा लिएका छौँ भोली ११ बजे बस्ने सचिवालय बैठकले निर्णय गर्छौ । मुलुकले राम्रो निकास पाओस्, ७० बर्ष पछि स्थायित्व पाएको गौरव गुमेको र त्यो अवसरलाई फेरि फर्काउने स्प्रीडको साथमा भोलि छलफल गर्छौँ ।’

उनले आज बाम एकता र कम्युनिस्ट पार्टीको एकताका विषयमा छलफल नभएको बताए । ‘आज हामीले वामपन्थीहरू नछुटेर एक ठाउँमा रहेर अरूसँग पनि सहकार्य गर्न सक्ने शक्तिहरूसँग रहेर अगाडी जानु पर्छ भन्ने विषयमा हामीले छलफल गरेका छौँ’, उनले भने ।

बामशक्तिहरु सँगै जाने सम्भावना रहेको उनले इंकित गरे । ‘मुख्य कुरा हामीसँगै जाने स्प्रीड महत्त्वपूर्ण छ त्यो स्प्रीडलाई हामीले सकारात्मक रुपमा लिएका छौँ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर