हिमशिखरबाट पैसा असुल गरिदिन माग गर्दै प्रशासनमा निवेदन – Nepal Press

हिमशिखरबाट पैसा असुल गरिदिन माग गर्दै प्रशासनमा निवेदन

डोटी । डोटीको हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचत रकम फिर्ता नदिएको भन्दै जिल्ला प्रशासन कार्यालय, डोटीमा निवेदन परेको छ ।

आफूहरु सो सहकारी संस्थाको सदस्य भई बिगत लामो समयदेखि वचत गरेको रकम फिर्ता नदिएको भन्दै ५५ जनाले सोमवार जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् । उनीहरुले रकम असुल गराइदिन माग गरेका छन् ।

हाल उक्त सहकारी संस्थाले आर्थिक कारोवार बन्द गरी बचतकर्ताले बचत गरेको रकम फिर्ता माग्न जादा बिभिन्न बहाना गरि फिर्ता पठाई कार्यालय समेत बन्द गरेको निवेदनमा उल्लेख छ ।

सहकारी संस्थाका पदाधिकारीहरु बेपत्ता भई खोज तलास गर्दा समेत फेला नगरेको हुँदा खोज तलास गरी आफुहरुको रकम फिर्ता दिलाई दिन निवेदकहरुले माग गरेका छन् ।

पीडितहरुको निवेदन बुझ्दै डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले प्रहरीलाई पत्राचार गरी सहकारी संस्थाका पदाधिकारीहरुलाई बोलाई बुझ्ने बताएको निवेदकमध्येका एक दिपायल सिलगढी नगरपालिका–५ का शिवराज जोशीले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर