प्रचण्डकाे धोका, कांग्रेसलाई माैका
प्रचण्डले धोका दियो भन्दै कांग्रेस रोएको देख्दा लाज लाग्यो । डा. मीनेन्द्र रिजाल भन्नुहुन्छ- ‘प्रचण्डको बन्धनबाट कांग्रेसले मुक्ति पायो । अब ओलीजीलाई प्रधानमन्त्री अफर गर्न पनि कांग्रेस खुला छ !’
कुनै पनि घटनाक्रमबारे सीधै प्रतिक्रिया जनाउनुभन्दा पहिले त्यो स्थानमा म भएको भए के गर्थे भन्ने प्रश्नबाट धारणा बनाउन उपयुक्त ठान्छु । ३ दिनअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर भ्रमण वर्षको कार्यक्रममा सम्बोधन गर्दै प्रचण्ड हामी सबैको नेता, इतिहास रच्ने नेता, बडो शालीन नेता भन्दै गुणगान गाए ।
प्रचण्डको गुणगान गाएलगत्तै देउवाले प्रचण्ड पुत्री रेनु दाहालको प्रशंसामा उनलाई सीता र भृकुटीसँग दाँजे । देउवाको भनाइ थियो- गठबन्धन सुमधुर छ, यो गठबन्धन पूरै अवधि चल्छ । समझदारीअन्तर्गत नै आलोपालो हामी सरकारको नेतृत्व गर्न प्रतिबद्ध छौं ।
यतिमात्र होइन, कांग्रेस सभापति देउवाले प्रचण्डबाट आफूले धेरै सिकेको र प्रचण्ड आफ्नो पनि नेता भएको भनाइ राखे । सभापति देउवा अझै भन्दै थिए- प्रचण्डको कारण गणतन्त्र आएको हो । प्रचण्डको कारण समावेशी आएको हो । प्रचण्डको कारण नै देशमा यति ठूलो परिवर्तन भएको हो । हाम्रो सम्बन्ध सुमधुर छ ।
यी कुरा वा प्रशंसा गरेको ठीक ३ दिनपछि सभापति देउवा प्रचण्ड धोकेवाज हुन् भनिरहेछन् ।
प्रचण्डले गठबन्धन फेरे । केही कांग्रेसको रुवाबासी देखिरहेछु । मन्त्री र प्रधानमन्त्री खान ढुकेर बसेकाहरुलाई प्रचण्डको धोकाले मर्का पर्यो भन्दै ठूलै रुवाबासी चलेछ । दुर्घन्धित राजनीतिमा रुवाबासीको कुनै अर्थ छैन ।
अघिल्लो वर्ष हामीले कांग्रेस भनेको माओवादी हो, माओवादी भनेको कांग्रेस हो भन्यौं र भोट माग्यौं । यो वर्ष हामी कांग्रेस एक्लै बहुमत ल्याउने रणनीतिका साथ लाग्छ । तर, वर्तमान गठबन्धन छाड्दैन, बरु अझ बलियो बनाउँछ भन्दैछौं ।
राष्ट्रियसभा निर्वाचनको बेला ओखलढुंगा पुगेर नेता कृष्णप्रसाद सिटौलाले अहिलेको गठबन्धन अझै ५० वर्ष सँगै अघि बढ्ने घोषणा गरेका थिए । कांग्रेसका अधिकांश नेता केपी ओली साइजमा नआएसम्म यो गठबन्धन निरन्तर अरु २० वर्ष जान्छ भन्दै थिए ।
प्रचण्डले गठबन्धन फेरे । केही कांग्रेसको रुवाबासी देखिरहेछु । मन्त्री र प्रधानमन्त्री खान ढुकेर बसेकाहरुलाई प्रचण्डको धोकाले मर्का पर्यो भन्दै ठूलै रुवाबासी चलेछ । दुर्घन्धित राजनीतिमा रुवाबासीको कुनै अर्थ छैन ।
प्रचण्डले किन कांग्रेसलाई धोका दिए भन्दा पनि हामी कांग्रेसले प्रचण्ड बोकेर, हरेक दिन प्रचण्डलाई पूजा गरेर नेपाली कांग्रेसको संगठनलाई कहाँ पुर्यायौं भनी चर्चा गर्न जरूरी छ । के हामीले प्रचण्ड बोकेर प्रतिगमन सच्याएका हौं ? हिजो केपी ओलीले प्रतिगमन गरे भन्दै गाली गर्यौं । आज प्रचण्डले धोका दिए भन्दैछौं । के कांग्रेसको राजनीति यसले धोका दियो, उसले धोका दियो भन्दै दिन बिताउनेमात्रै हो ?
यदि नेपालममा भोलि महानिर्वाचन भयो भने नेपाली कांग्रेस एक्लै चुनावमा उठेर बहुमत ल्याउनसक्छ त ? सक्दैन । यदि नेपाली कांग्रेस एक्लै उठी बहुमत ल्याउन सक्दैन भने नेपाली कांग्रेसलाई यो अवस्थासम्म पुर्याउन को को दोषी छन् त ?
नेपालका कम्युनिष्टहरुलाई चुनाव अघि बोकेर कहिल्यै नहिंडौं । नेपाली कांग्रेसले विचार, सिद्धान्त र मौलिकता गुमाइरहेको थियो । यो सबैलाई थाहा थियो । कांगेसभित्र सत्तामुखी, अतिवादी सोच र प्रवृत्ति तथा जमात थियो । यो जमातको कारण नेपाली कांग्रेसको ऊर्जा खिइँदै गएको थियो ।
अब स्वीकार गरौं कि नेपालका कम्युनिष्टहरुलाई चुनाव अघि बोकेर कहिल्यै नहिंडौं । नेपाली कांग्रेसले विचार, सिद्धान्त र मौलिकता गुमाइरहेको थियो । यो सबैलाई थाहा थियो । कांगेसभित्र सत्तामुखी, अतिवादी सोच र प्रवृत्ति तथा जमात थियो । यो जमातको कारण नेपाली कांग्रेसको ऊर्जा खिइँदै गएको थियो ।
अब यो सत्तामुखी, अतिवादी सोच भएका प्रवृत्ति र जमातलाई परास्त गर्दै, निस्तेज पार्दै नेपाली कांग्रेसको नेतृत्व परिवर्तनतिर लागौं । पार्टीलाई रूपान्तरण गर्नतिर लागौं । विचार, सिद्धान्त र मौलिकतामा स्पष्टता खोजौं । भ्रातृ संस्था भगिनी संस्थाहरुलाई समयमै अधिवेशन गरी चुस्त दुरुस्त बनाऔं । जनसरोकारको विषयमा सहयोग गरौं । आवाज उठाऔं । जनतामाझ जाऔं । कांग्रेसबाट आशा भरोसा जगाउने कामतिर लागौं ।
हिजो गठबन्धन हुँदा केही थान मन्त्री प्राप्त हुनुबाहेक जनताको पक्षमा केही भएको थिएन । आज प्रचण्ड भाग्दा केही थान मन्त्री गुम्नेमात्र हो । फेरि महानिर्वाचन आउने नै छ । त्यो बेला प्रचण्ड, केपी ओली मिलेरै चुनाव लड्नेछन् । त्यस्तो अवस्था आएमा नेपाली कांग्रेस एक्लै उठ्ने र बहुमत ल्याउने गरी पार्टीलाई क्रियाशील बनाऔं ।
जे होस्, प्रचण्डले नेपाली कांग्रेसलाई राम्रै झापड दिएर नयाँ गठबन्धन गरेका छन् । राजनीतिमा यस्ता कार्य हुन्छन् नै । यसलाई स्वाभाविक मान्नुपर्छ । यहाँ गाईको दूधले मात्र नुहाएको कोही नेता, नेतृत्व र पार्टी छैन । यसले नेपाली कांग्रेसलाई पाठ सिकाएको छ । अब हामी रुनु, कराउनु, प्रचण्डले धोका दिए भनिरहनु भन्दा प्रतिपक्षमा बसौं ।
सरकारको राम्रो कामलाई सहयोग गरौं । अलोकप्रिय कामको विरोध गरौं । संविधान पूर्ण कार्यान्वयन गराउन कानून बनाउने कार्यमा सहयोग गरौं । कांग्रेसको करिब ४ वर्ष माओवादी वा प्रचण्डको गुणगान गाउँदैमा सकियो । अब भविष्यको अरु ४ वर्ष प्रचण्ड धोकेवाज हुन् भन्दै बित्ने र कांग्रेस झन कमजोर हुने अवस्था नबनोस् ।
प्रचण्डले नेपाली कांग्रेसलाई राम्रै झापड दिएर नयाँ गठबन्धन गरेका छन् । राजनीतिमा यस्ता कार्य हुन्छन् नै । यसलाई स्वाभाविक मान्नुपर्छ । यहाँ गाईको दूधले मात्र नुहाएको कोही नेता, नेतृत्व र पार्टी छैन । यसले नेपाली कांग्रेसलाई पाठ सिकाएको छ ।
मैले वा हामीले धेरै पटक एमालेलाई शत्रु वा दुश्मनको नजरले नहेर भनिरह्यौं । एमालेसँग शत्रुता घटाउ र मित्रवत, समान राजनैतिक प्रतिस्पर्धीको व्यवहार गर भनिरह्यौं । मिलेर सरकार बनाऔं र देश विकासको काम गरौं भन्ने सल्लाह दिँदा सुनुवाइ भएन । २५ वर्ष शासन गर्दा पनि हिजो कांग्रेस एक्लै उठ्न नसक्ने अवस्थामा पुर्याउनेहरु को को हुन् ? नेतृत्व वा कार्यकर्ता ? प्रधानमन्त्री, मन्त्री, शासकहरु वा कार्यकर्ताहरु ?
चुनावमा हामी एक्लै किन उठ्न सकेनौं ? हाम्रो कमजोरीको कारण आफैंभित्र खोजौं । कांग्रेस कमजोर हुनुको एउटै कारण हो- नेतृत्वको अदूरदर्शिता र पार्टी र शासनमा समान वा न्यायोचित वितरणमा कमी । मेरो बुझाइमा नेपाली कांग्रेसलाई थप क्षति हुन नदिने बाटो भनेको नेतृत्वको परिवर्तन, नयाँ नेतृत्व र पार्टी तथा जनतामाझ नयाँ कार्यक्रम । अब यतातर्फ लागौं ।
डा. शेखर कोइराला, गगन थापाले हजारौं पटक नेपाली कांग्रेसको आफ्नो मौलिकता गुम्न नदिऔं भन्दा पार्टी र सत्ताको आडमा सदैव आफ्नै यी होनाहार कार्यकर्ता, नेतामाथि डण्डा बर्साइयो । प्रचण्डले धोका दिए भन्नुको अब तुक छैन । ४ वर्षदेखि बिहान उठ्नेबित्तिकै हरे राम, हरे कृष्ण, जय पशुपतिनाथ, जय शिव जप्नुको साटो मेरा नेता प्रचण्ड, मेरा भगवान प्रचण्ड, मेरो मायालु प्रचण्ड, शान्ति नायक प्रचण्ड, क्रान्ति नायक प्रचण्ड भनी जय जयकार गाउने, गर्ने काँतर मूर्ख कांग्रेस नेताहरुले अहिले अरुलाई गाली दिन सुहाउँदैन !
कम्युनिष्ट मिलून् वा टुटून् वा जुटून् वा फुटून् ! हामी कांग्रेसले त्यतातिर नहेरौं । फुटाउ र राज गरको सिद्धान्त छोड । अरुलाई फुटाएर वा एमाले, माओवादी मिल्न नदिएर शासन गर्ने प्रवृत्ति छोड । आफ्नै खुट्टामा उभिने कोसिस गर ।
सबैभन्दा पहिला कांग्रेसभित्र आफूले लिएको वैचारिक, सैद्धान्तिक र नीतिगत अस्पष्टता खोज, सुधार गर । हाम्रो अतिवादी सोच र लिइएको सैद्धान्तिक, वैचारिक र नीतिगत पथलाई सुधार । म कांग्रेस रुनुको कारण अब देख्दिनँ । म नेपाली कांग्रेसको लागि आवश्यक परे मर्न चाहने कार्यकर्ता थिएँ । तर, नेतृत्वले हाम्रो सल्लाह र शहीदको सपना कहिल्यै सुनेन ।
कम्युनिष्ट मिलून् वा टुटून् वा जुटून् वा फुटून् ! हामी कांग्रेसले त्यतातिर नहेरौं । फुटाउ र राज गरको सिद्धान्त छोड । अरुलाई फुटाएर वा एमाले, माओवादी मिल्न नदिएर शासन गर्ने प्रवृत्ति छोड । आफ्नै खुट्टामा उभिने कोसिस गर ।
प्रमुख दलहरू जुनसुकै भूमिकामा भए पनि राष्ट्रियता, सार्वभौमसत्ता, शान्ति, सामाजिक न्याय र समृद्धिप्रति जिम्मेवार हुनैपर्छ । यसका लागि प्रतिपक्षी दलहरूसँग हातेमालो गर्ने वातावरण सत्ता पक्षले बनाउनै पर्छ । सत्ता अदलबदलकै कारण राजनीतिक अस्थिरतालाई मलजल नपुगोस् र दलहरूले राजनीतिक स्थिरताको सुनिश्चितताका लागि आआफ्नो दायित्व निर्वाह गरून् ।