नेपालसँग शृंखला हारेको क्यानडाको विश्वकप लिग-२ मा शानदार प्रदर्शन, ३ खेल खेल्दा सबैमा जित
काठमाडौं । विश्वकप लिग-२ क्रिकेट अन्तर्गत यूएईमा आफ्नो पहिलो त्रिकोणात्मक शृंखला खेलिरहेको क्यानडाले शानदार प्रदर्शन गरिरहेको छ । क्यानडाले तीनवटा खेल खेल्दा सबैमा जित हात पारेको छ ।
यूएईलाई दुवै खेलमा पराजित गरेको छ भने स्कटल्यान्डसँगको पहिलो खेलमा पनि जित हात पारेको छ । शृंखलामा अब क्यानडा र स्कटल्यान्डबीच एक खेल हुन बाँकी छ ।
विश्वकप लिग–२ मा ३ खेलबाट ६ अंक भएको क्याडना शीर्षस्थानमा छ । ४ खेलबाट ६ अंक भएको नामिबिया दोस्रोमा छ । ४ खेलबाट ४ अंक भएको नेदरल्यान्ड्स तेस्रो स्थानमा रहेको छ । चार खेलबाट नेपालको २ अंक छ । स्कटल्यान्डको दुई खेलबाट २ अंक छ ।
यूएई जानुअघि क्यानडानले नेपालसँग तीन खेलको एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो। क्यानडा तीनवटै खेलमा पराजित भएको थियो । यस्तै, नेपाल एसँग भएका तीन खेलमा क्यानडा एले २–१ को नतिजा निकालेको थियो । पहिलो रोजाईकै टिमलाई क्यानडाले क्यानडा ए नाम दिएर नेपाल एसँग खेलेको थियो ।