बुढानीलकण्ठमा मधेशवादी दलसँग देउवाको छलफल
नेपाल प्रेस
२०८० फागुन २३ गते १७:२५
काठमाडौँ । नेकपा माओवादी केन्द्रलाई छाडेर नयाँ गठबन्धन बनाउने भन्दै दौडधुप बढाएका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र मधेश केन्द्रित दलहरू छलफलमा जुटेका छन् ।
देउवा निवास बुढानीलकण्ठमा लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी लगायतका नेताहरु छलफलमा छन् ।
बैठकमा कांग्रेसका डा. शेखर कोइराला र गगन थापा पनि सहभागी छन् ।
तीनै अध्यक्षलाई फोन गरेर सभापति देउवाले भेट्न आग्रह गरेका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर